होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
५ भदौं, काठमाडौं । दशैेंमा नयाँ नाेट वितरण बन्द गर्ने याेजना राष्ट्र बैंकले बनाएको छ । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नाेट दशैंमा प्रयोग गर्दा आयु छाेटाे भएको भन्दै राष्ट्र बैंकले यस्ताे तयारी गरेको हाे । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निराैलाले दशैमा नयाँ नाेट वितरण गर्दा नाेटकाे हिफाजत नहुने र नाेट बिग्रिंदा देशलाई नै […]
आजदेखि दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलेको छ। गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। अग्रिम टिकटको लागि बिहान ६ बजेदेखिनै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले प्रचलित भाडाअनुसार नै […]
काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको हो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य […]
नागरिक रैबार/बाजुरा ३ असोज। मुलुकको लागि आजको दिन महत्वपूर्ण दिनको रुपमा लिइने गरिएको छ । तीन बर्ष अगाडि अर्थात २०७२ असोज ३ गते नेपालमा सविधान जारी भएसंगै मुलुक नया संरचनामा गइसकेको छ । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिइसकेको अवस्थामा बाजुरमा समेत संविधान दिवस हर्षोल्लासका साथ मनाइएको छ । जिल्लाको सदरमुकाम मार्तडी खुल्ला […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएको बारे छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्। बिहीबार बिहान दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएपछि कतार एयरलाइन्सलगायतका ठूला जहाजलाई करिब दुई घन्टा आकाशमै होल्ड गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल […]
काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीलाई तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह गरेको छ । महासंघले विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारको बाँकी पारिश्रमिक र दशैँं पेश्की व्यवस्था गर्न आग्रह गरेको हो । महासंघकाे पदाधिकारी र सदस्यहरुको बुधबारको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैं पेश्की उपलब्ध गराउने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । बैठकले श्रमजीवी […]
कैलाली /असोज २ । कैलालीमा लागु औषध कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्। उनीहरु लाई धनगढी उपमहानगरपालिका २ मिलन चोकबाट पक्राउ गरिएको हो। लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पैदल हिडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष १८ का निखिल बिष्ट र जिल्ला बैतडी दशरथचन्द नगरपालिका २ घर भई धनगढी उप-महानगरपालिका ३ बस्ने बर्ष १९ […]
काठमाडौँ — नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौंमा हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभाग प्रमुख ईश्वर पोखरेलले बताए । सम्मेलन तयारीका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि […]
संविधान दिवसका अवसरमा सुदूरपश्चिमका सम्पूर्ण अस्पतालमा आज ओपीडि अर्थात बहिरंग सेवा निःशुल्क गरिएको छ। प्रदेश सरकारले संविधान दिवसका अवसरमा आज प्रदेशभरीका सम्पूर्ण अस्पतालहरुमा निःशुल्क ओपीडी सेवा प्रदान गर्न निर्देशन दिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताललाई निःशुल्क ओपीडी सेवा दिन […]
वि.सं. २०७६ असोज २। बिहीबार। इ.स. २०१९ सेप्टेम्बर १९। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। पञ्चमी, १५:५० उप्रान्त षष्ठी। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको […]
संविधान दिवसका अवसरमा सुदूरपश्चिमका स्वास्थ्य संस्थामा पनि ओपीडि सेवा निःशुल्क हुने भएको छ। प्रदेश सरकारले स्वास्थ्य संस्थाहरुलाई संविधान दिवसका अवसरमा असोज २ गते निःशुल्क बहिरंग (ओ.पी.डी) सेवा प्रदान गर्न निर्देशन दिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थालाई […]
१ असोज, काठमाडौं । बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ । मौसमविद मञ्जु बासीले अनलाइनखबरसँग भनिन्, ‘काठमाडौं उपत्मायकामा आज पनि घाम लाग्ने सम्भावना छैन । दिनभरि नै पानी पर्छ । कुनै ठाउँमा केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने छ […]
१ असोज, काठमाडौं । मलेसियामा जाने कामदारको मेडिकल शुल्क बढेको छ । दुईदेशबीच भएको श्रम समझदारी अनुरुप नै मेडिकल शुल्क बढेको हो । मेडिकलको सबै शुल्क भने मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ । नेपालबाट मलेसिया जाने कामदारको मेडिकल परीक्षणबात अब ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ […]
काठमाडौं , असोज १ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलार्इ धाेएर पूजाअाजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलार्इ पनि बिहानै धोएर […]
काठमाडौं : नेपाली सेनाले शान्ति सेनामा खटिने सैनिकको भत्ता बढाएको छ। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भत्ता बढाउने निर्णय गरेको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले सिपाहीले प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाएको हो। हाल उनीहरूले मासिक अमेरिकी डलर १०२९ प्राप्त गर्छन्। भत्ता बढाइएपछि अब उनीहरूले प्रति महिना अमेरिकी डलर […]
३१ भदौ, काठमाडौं । नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने योजना अघि बढेको नगर प्रमुख गजेन्द्र […]
काठमाडौं, भदौ ३१ । पछिल्लो ५ महीनाको अवधिमा विपद्का घटनामा परि २ सय ७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ बैसाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परि सो सङ्ख्यामा मृत्यु भएको हो। यस्तै, ६ सय ४६ जना घाइते भएका छन् भने ७ सय ६७ व्यक्ति विस्थापित भएका छन्। घटनामा परि १ […]
झट्ट हेर्दा त सजिलो र साह्रै लोभ अनि माया लाग्दो देखीन्छ । तर भित्र त्यती नै जटिल छ,त्यो प्रहरी हो जो आत्मसम्मानका लागी नभई आफ्नो देश र जनताको स्वाभिमानका लागी र सुशासनको प्रत्याभुती जनतालाई दिलाउन तथा देश र जनतालाई आतंकित बन्न बाट आफ्नो ज्यानको बाजी लगाएर पनि बचाउन रात दिन लागी परेको हुन्छ । सबैको […]
नागरिक रैबार/बाजुरा २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन अघि धनगढीमा बसेको नेकपा सुदूरपश्चिम कमिटीको बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले […]
धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीभित्र गुटगत भेला गरे कारबाही गर्ने निर्णय गरेको छ।पार्टीको प्रदेश कमिटी बैठकले गरेका निर्णय सार्जजनिक गर्न शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अनुशासन पालना गर्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो। एकताबद्ध दुवै पूर्व पार्टीभित्र (तत्कालीन नेकपा र तत्कालीन माओवादी) का कतिपय समूहले पार्टी निर्णय विपरीत समूहगत […]