होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका छन् । आज बानेश्वरमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो […]
८ जेठ, काठमाडौं । अमेरिकी सरकारले कोरोना विरुद्ध लड्नका लागि नेपाललाई पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो । बाँकी दुई चार्टर्ड विमान दुई दिनभित्र काठमाडौं आउने मन्त्रालयले जनाएको छ । शनिबार ल्याइएका सामग्रीहरुमा सर्जिकल मास्क, फेसशिल्ड लगायत छन् । […]
८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटनको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । तर कोरोना माहामारीलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम नगर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे सामान धारणा बनाउन शनिबार विहान नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र […]
८ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । शनिबार वक्तव्य जारी गर्दै सभामुख सपकोटाले संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई […]
नेपालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । शनिबार देशभर ८९८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका तथ्यांकअनुसार सोही अवधिमा संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् । हाल देशभर १ लाख १५ हजार ८०६ […]
काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतामाथि कुठाराघात गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो प्रधानमन्त्री ओलीले हाँस्यास्पद काम गर्नुभयो। राष्ट्रपतिले सदर गर्नुभयो। यो संवैधानिक र राजनीतिक रुपमा गलत छ, राष्ट्रपतिले सरकार नबनोस् भनेरनै सरकार गठनका लागि छोटो समय दिएर आह्वान गर्नुभएको थियो। विपक्षी दल र […]
पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लाे २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान […]
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट […]
नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको कलंकीस्थित नेशनल अस्पतालमा उपचाररत ओझाको जेठ ७ गते शुक्रबार उपचारकै क्रममा निधन भएको हो । खोटाङको वडाका दियाले–७ निवासी ओझा २०४९ सालदेखि रेडियो नेपालमा कार्यरत थिए । उनको निधनले एक […]
काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘मिलिभगत’मा मध्यरातमा घोषित निर्वाचन जनस्वास्थ्यका दृष्टिले अमानवीय हुनका साथै विधिको शासनका दृष्टिले असंवैधानिक समेत रहेको टिप्पणी गरेको छ । आफ्नो अहम् सिद्धिका लागि प्रधानमन्त्री ओलीले देखाएको हठबाहेक प्रतिनिधिसभा विघटन तथा निर्वाचन घोषणा कुनै दृष्टिले पनि उचित र सान्दर्भिक नरहेको समाजले प्रस्ट पारेको […]
७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको उनले बताए । शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘…फेरि संसद पुनर्स्थापना भएर लोकतन्त्र […]
नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल समूहका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिएको भन्दै बैठकले नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले […]
एमाले नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् । नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको घार अपमान भएको समेत बताएका छन् […]
८ जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको विप्लव नेकपाको ठहर छ । शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक […]
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम बिरुद्ध १३ वटा रिट सर्वोच्चमा पुगेको छ । विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको भन्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम बैकल्पिक सरकार बनाउनका लागी दावी गर्न आग्रह गरेकी छिन् । कानुन व्यवसायीहरुले सो कदम असंवैधानिक भनेका छन् । सो कदम सच्याउनुपर्ने […]
८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने पुस ५ को आफ्नो कदम गलत थियो भन्ने नलागेको बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले फैसला परमसत्य हुन्छ भन्न नसकिने बताए । अरु कारण, परिस्थितिले प्रभावित गर्न सक्ने भन्दै उनले भने, ‘तत्कालको बेञ्चको बुझाई, बेञ्चले बुझेको संविधानका व्याख्या अनुसार फैसला हुने […]
नागरिक रैबार/बाजुरा ७ जेठ । जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि जिल्लामा निषेधाज्ञा जेठ १४ गतेसम्मका लागि थप भएको छ । बैशाख २२ गते देखी सुरु भएको निषेधाज्ञा थप जेठ ७ गते र तेस्राे पटक जेठ १४ गते सम्मका लागि थप भएको प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बताएका छन । जिल्लामा कोरोना भाईरसको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बन्नका लागि आफू प्रयासरत रहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा ठुलो दलको नेताका हैसियतले आफूलाई बहुमत जुटाउन सहज हुने ठान्दै उपधारा ५ बमोजिम सरकारको नेतृत्वका लागि दावी गर्ने योजनामा रहेको बताए । यसका लागि आफूले दलहरूसँग सहयोग […]
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘म अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड १९ जस्ता समस्या समाधान […]
काठमाडौँ — गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको नियुक्ति खारेज गरिदिएको हो । रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी मणिचन्द्र थापा, दावा लामा तामाङ, टोपबहादुर रायमाझीलाई सांसद नभइ दोस्रोपटक मन्त्री पदमा नियुक्त गरिनु […]