होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१८ जेठ, काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको जहाज आँकासबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
१८ जेठ, धनगढी । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । ‘मल […]
काठमाडौँ — स्थानीय तह निर्वाचन ०७४ मा ३० भन्दा बढी जिल्लामा एकल बहुमतका साथ जिल्ला समन्वय समिति गठन गरेको एमालेले यस पटक ११ जिल्लामा मात्रै बहुमत ल्याएको छ । कांग्रेसको १६ र माओवादी केन्द्रको ४ जिल्लामा एकल बहुमत छ । बाँकी ४६ जिल्लामध्ये स्याङ्जा, रसुवा, इलाम, सुर्खेत, पर्वत र चितवनमा सत्ता गठबन्धनसँग एमालेको मत बराबर रहेको छ । […]
धनगढीः प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम तय गर्दा बजेट खर्च हुने खालका कार्यक्रम तथा आयोजना छनोट हुनुपर्ने मान्यता छ। नीति तथा कार्यक्रममा नयाँ विषय ल्याउन संरचनात्मक परिवर्तन अनिवार्य शर्त हो। सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षमा पुँजीगत खर्चको अवस्था निकै नाजुक रहेकाले अब आयोजनाहरूको पुनः वर्गीकरण गर्नुपर्ने अवस्था देखिएको छ। एकातर्फ स्रोत व्यवस्थापनको चाप छ […]
काठमाडौं । यस वर्षको मनसुन छिट्टै सुरु हुने मौसमविदले बताएका छन् । भारतको केरलामा मनसुन सुरु भइसकेको र अब त्यो छिट्टै नेपाल भित्रिने अनुमान मौसमविदको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले भने, ‘भारतको केरलामा मनसुन सुरु भइसकेको छ । अबको केही दिनभित्रै नेपाल भित्रिने सम्भावना छ ।’ नेपालमा […]
सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये २० वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पुरुष चयन भएका छन् ।बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने भनेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ (४) अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्दा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको […]
१७ जेठ, काठमाडौं । स्थानीय पूर्वाधार विभाग खारेज गरेर त्यहाँका प्राविधिक कर्मचारी आफ्नो मन्त्रालयमा पनि समायोजन गर्ने सरकारको घोषणामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीले असन्तुष्टि जनाएका छन् । सरकारले विभाग खारेज गर्दै त्यहाँ रहेका रहेका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाइमा रहने तथा […]
काठमाडौं । दुःख गरेर आमाले एक्लै हुर्काएकी कृष्मीको आमालाई जिवनभर सुखसँग राख्ने सपना आईतबार विमान दुर्घटनासँगै सधैका लागि अस्ताएको छ । आईतबार दुर्घटनामा परेको तारा एयरको विमानमा एयर परिचारिकाको रुपमा रहेकी कृष्मी (मनिषा) थापा एकल आमाकी एक्ली सन्तान हुन् । कृष्मीकी आमाले कृष्मीलाई एक्लै हुर्काएकी थिईन् । कृष्मीका बुवाआमाको अन्तरजातिय बिवाह भएको थियो । कृष्मीका […]
जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको हो । कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान […]
धनगढीः स्याङ्जा चापकोटकी किस्मी थापा एयर होस्टेस हुँदा उनकी आमा विष्णुदेवी औधी खुशी भएकी थिइन्। गाउँघरमा किस्मीकै चर्चा हुन्थ्यो। त्यसले विष्णुदेवीको हर्ष बढेको थियो। तर, आइतबार मुस्ताङमा भएको तारा एयरको ट्वीनेटर जहाज दुर्घटनाले उनका सबै खुशीहरू खोसिदिएको छ। २६ वर्षीया किस्मीसहित जहाजमा सवार २२ यात्रु र चालक दलका सदस्य मुस्ताङको मानापाथी हिमालछेउ मुलखर्कमा सदाका लागि […]
धनगढीः सुदूरपश्चिम प्रदेशसभाको दशौं अधिवेशन आजदेखि शुरु हुँदैछ। आज दिउँसो ३ बजे बस्ने दशौं अधिवेशन शुरु हुन लागेको हो। दशौं अधिवेशनको पहिलो बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखबाट आएको पत्र पढेर बैठक सञ्चालन सम्बन्धी जानकारी गराउने, अहिलेसम्म सभाबाट पारित भई प्रमाणीकरण भएका विधेयकको सामान्य जानकारी गराउने कार्यसूची रहेको सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। […]
काठमाडौं । विद्यालयमा पाठ्यपुस्तक पठाउन भएको ढिलाइप्रति आपत्ति जनाउँदै सत्तारुढ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रन्तिकारीले त्यसको छानविन गर्न माग गरेको छ। अखिल क्रान्तिकारीले सोमबार बिहान विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई मन्त्रालयमा भेटेर ज्ञापन पत्र बुझाएको हो । मन्त्री पौडेललाई बुझाइएको ज्ञापन पत्रमा आवश्यक पर्दा निजी क्षेत्रको पनि सहयोग लिएर पाठ्यपुस्तक […]
काठमाडौं । आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर खोजी तथा उद्धारमा […]
पोखरा — सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको छ । जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माले अहिलेसम्म जहाजको कुनै लोकेट नभएको बताएका हुन् । यसअघि लेकमा रहेका स्थानीयले घटनास्थलको ‘लोकेट’ गरेको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर पोखराका प्रमुख बाबुराम […]
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सोमबारदेखि हुँदैछ । जेठ २५ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको तयारी सबै पूरा भएको जानकारी दिए । ‘हामीले सबै परीक्षाको तयारी सकेका छौं । उत्तरपुस्तिकाहरु सबै पुगिसकेको छ,’ उनले भने । बोर्डले […]
धनगढी । कैलालीको माेहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ ।धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका -३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता […]
काठमाडौं । भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् । दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया ममता मिणा, […]
आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र […]
जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद् बिनु महर्जनले जानकारी दिइन् । आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको […]
बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले उनको उपचार शुरु गरेका हुन। बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले […]