होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पोखरा । गण्डकी प्रदेश सरकारले आचारसंहिता लागू हुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीलाई हटाएको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकास समितिका पदाधिकारी निर्वाचन पछि नियुक्त गर्ने तयारी गरेको छ । तर संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिको अध्यक्ष र सदस्य भने शुक्रबार नै नियुक्त गरेको […]
राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाले हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरेका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै कुन साजिसबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर सम्पुर्ण नेपालीलाई धोखा दिएको राणाको भनाइ छ । ‘हामी यो मुलुकलाई हिन्दु […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा ३ सिट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिएका छन् । पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैंमाथि प्रहार गरेको उनको आरोप छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका […]
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् । एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने थापाले बताए । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति […]
रौतहटको यमुनामाई गाउपालिका २ भेडियाही लमहा नदीमा शुक्रवार एक महिलाको शव फेला परेको छ । नदीको बीच भागमा महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहले जानकारी दिए । मृतकको पहिचान खुल्न नसकेको र मृत्युको कारण पता लाग्न नसकेको उनले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाबारे अनुसन्धान […]
पोखरा । गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् । चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेललगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन […]
धनगढीः भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ। दुहुँ गाउँपालिका वडा नं ३ स्थित जनविकास माध्यमिक विद्यालय बारबाज र नौगाडको इयरकोट स्वास्थ्य चौकी भवनलगायतका संरचना निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको हो। यसका लागि भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, दुहुँ गाउँपालिका […]
काठमाडौंः नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ। अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन्। कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई बार अध्यक्षमा पराजित गरेका हुन्। त्यस्तै महासचिवमा गठबन्धन उम्मेदवार अञ्जिता खनाल र […]
धनगढीः कैलालीको गोदावरी नगरपालिका-२ को वडाध्यक्षमा कांग्रेसबाट कमल कडायतले उम्मेद्वारी दिने घोषणा गरेका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा उनले वडाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। उनी २०७४ सालको स्थानीय निर्वाचनमा सदस्यमा निर्वाचित भएका थिए। यस्तै उनले आफ्ना मतदाताहरुसँग मत दिएर सहयोग गर्न आग्रह समेत गरेका छन्।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन नगरेसम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम कायमै रहने बताएका छन् । कोभिड-१९ को प्रभाव घटेसँगै कर्जा विस्तार, बढ्दो आयात र […]
काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदका निर्णय पढ्नुहोस् : हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा श्री वसन्तकुमार पाण्डेलाई नियुक्ति गर्ने । बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/६/५ को निर्णय खारेज गर्ने । अमलेगञ्ज […]
काठमाडौं, २५ चैत । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ । डा. पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा. पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा […]
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क-२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।प्युठानमा रहेकाे स्वर्गद्वारीकाे दर्शन गरेर सुपा देउरालीका लागि छुटेकाे ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचार भइरहेकाे जानकारी दिनुभयाे । दुर्घटनाबारे थप अनुसन्धान […]
धनगढी : बैतडीमा बिहीबार भएको जीप दुर्घटनामा जीपका चालकले शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्तले चलाउँदा दुर्घटना भएको बताएका छन्। जीप चालक वीरेन्द्र महताले मापसे गरेका पन्तले जबरजस्ती जीप चलाउँदा दुर्घटना भएको बताएका प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक वोधराज ओझाले चालक महताले सुल्लेखाल प्रहरी चौकीमा गाउँपालिकाका कर्मचारी पन्तले मापसे गरी जबरजस्ती […]
२५ चैत, महोत्तरी । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ सम्पन्न भएको छ । चैते […]
धनगढी: सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने समस्या रहेको गुनासो बढ्दै गएको छ। विशेषगरी धनगढीको वडा नम्बर १६ र १७ मा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउने गरेको स्थानीयले गुनासो गरेका हुन्। उपमहानगरको ग्रामीण क्षेत्रमा पर्ने रामपुर, बेहडाबाबा, भादा लगायतको गाउँमा तीब्र गतिको मोबाइल इन्टरेनट (फोरजी) सेवा उपभोग गर्न समस्या हुने […]
काठमाडौं । सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूह (१८ वर्षभन्दा माथि) लाई खोप लगाइसक्ने भनेको थियो । लक्ष्यअनुसार एक करोड ९९ लाख २२ हजारभन्दा बढीलाई चैत मसान्तभित्र खोप लगाउनु पर्ने छ । तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । लक्ष्यमा पुग्न सरकारले अब एक हप्तामा ३४ […]
जनकपुरधामा। चार महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका मधेश प्रदेशका १० जना भन्दा धेरै युवा काम नपाएर अलपत्र परेका छन् । काम नपाउँदा कमाइ नभएर खान पनि समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन सहयोग मागेका छन् । ऋण लिएर परिवारको उज्ज्वल भविष्यको कामनासहित युनाइटेड अरब इमिरेट्सको दुबई गएका उनीहरु आफैं अलपत्र परेका हुन् । सिरहा, […]
हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को […]
काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ ।उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था समेत गरिएको साथै स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक छ भनेपछि विरामी आफन्तका साथ बाहिर […]