होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डोटी । सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या ४६८ रहेको छ । दुर्घटनामा मृत्यु हुनेहरूमध्ये सवारी ज्यानमा ३८० र सवारीबाट भवितव्यमा परि ज्यान गुमाउने ८८ रहेका छन् । गत आर्थिक वर्षमा […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले उक्त काम […]
नागरिक रैबार/ २३ साउन बाजुरा । नेपाल नगरपालिका संघ सुुदूरपश्चिम प्रदेश समिति सह संयोजकमा बडिमालिका नगरपालीकाका नगर प्रमुख अमर खड्का निरबिरोध चयन भएका छन । सुदुर पश्चिम प्रदेशको धनगढीमा आयोजित समितिकाे कार्यक्रमबाट सह संयोजकमा खड्का चयन भएका हुन । संयोजकमा गोदावरी नगरपालिकाका विरेन्द्र भट्ट, सह संयोजकमा अमरबहादुर खड्का, सदस्यमा शिखर नगरपालिका दिर्ध बलायर, त्रिवेणी नगरपालिकाकी कमला […]
काठमाडौं। राष्ट्रिय परिचयपत्र नभएका विद्यार्थीले अबदेखि चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन नपाउने भएका छन् । सोमबार चिकित्सा शिक्षा आयोगले कार्यक्रम गरी नक्कली प्रमाणपत्रधारीलाई रोक्न अब हुने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने जानकारी दिएको छ । कार्यक्रममा योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा.डा. रमेशप्रसाद आचार्यले त्यसका लागि राष्ट्रिय […]
धनगढीः मकवानपुको मनहरी गाउँपालिका वडा नंबर १ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन्। एसएलसी पास गरेको ३१ वर्षपछि उनी आफ्नै वडामा रहेको वाल जीवनज्योती माविमा कक्षा ११ मा भर्ना भएका हुन्। २०४८ सालमा बाराको सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उत्तीण भएका खनाल आफै व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा ११ […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको तुलनामा सोमबार संक्रमण संख्या बढेको हो । आइतबार ५५३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ सय ८९ एन्टिजेन परीक्षण गरिएको थियो […]
अछामः अछाममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कमलबजार नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा एकजना महिलामा कोरोना पुष्टि भएको हो। कमलबजार नगरपालिका-६ की ४९ वर्षीया महिलामा कोरोना पुष्टि भएको सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिए। उक्त प्रयोगशालामा दुई जना महिलाको कोरोना परीक्षण गरिएको हो।
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने निष्कर्ष निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ […]
काठमाडौंं । बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए । ‘आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा […]
बाजुरा । बडिमालिका सुदूरपश्चिमको पहाडी जनजीवनमा सुन्दरता थप्ने एउटा प्राकृतिकस्थल हो । जहाँ पुग्ने मानिसहरु केवल सुन्दरता मात्रै देख्दैनन्, मन भुलाएर स्वर्ग पुगेको आभास पाउँछन् । बाजुराको बडिमालिकाको सुन्दरता त्यतिमा मात्रै सीमित छैन, वर्षायामको बेलामा बडिमालिका पाटनहरु यति हरियाली छन्, जहाँ मनको फूटबल मैदानमा अनेकौ रहरले गोल गर्छन् । आफूले चाहेको अलौकिक सुन्दर, एकान्त र […]
पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ४३३ जना […]
बाजुरा । संघीय सरकारले ‘नयाँ हिमाली सहर’ निर्माणका लागि गुरुयोजना निर्माण गरेको छ। हिमाली क्षेत्रको बसाइँसराइ कम गर्ने उद्देश्यले हिमाली सहर बनाउने योजनासहित गुरुयोजना तयार गरिएको हो। कूल १ लाख ३८ हजार ९९८ जनसंख्या रहेको बाजुरा(कोल्टी) मा हिमाली सहर निर्माणका लागि गुरुयोजना निर्माण गरिएको नयाँ सहरी आयोजना समन्वय कार्यालयले जनाएको छ। बेरोजगारीलाई न्यूनिकरण गर्न नयाँ […]
बाजुरा। सरकारले हिमाली क्षेत्रका मानिसहरूको बसाइँसराइ कम गरी त्यहीँ अड्याइराख्ने उद्देश्यले १० वटा हिमाली सहर बनाउने भएको छ । सोही क्रममा सुदुर पश्चिम प्रदेशबाट बाजुराका दुई ओटा शहर छनाैटमा परेका छन । जसमा बाजुराको सदरमुकाम मार्तडी र बिमानस्थल समेत रहेकाे कोल्टीलाई हिमाली सहरको रुपमा अगाडी बढाउने गुरुयोजना बनेको आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठले बताए […]
काठमाडौ् । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् । हेर्नुस् […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा […]
नागरिक रैबार/ बाजुरा २० साउन । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष […]
मुगु — मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको छ । विद्यार्थीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हल्का खोकी लाग्ने जस्ता लक्षण देखा परेपछि स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गर्दा २६ जनालाई करोना पोजेटिभ देखाएको विद्यालयका प्रधानध्यापक कुशल शाहीले बताए । समान्य रुघाखोकीको लक्षण देखिएका विधार्थीहरुलाई कोरोना पोजेटिभ […]
प्रहरीले हुम्लाको चंखेली गाउँपालिकामा तीन नाल भरुवा बन्दुक फेला पारेको छ । गाउँपालिकाको वडा नम्बर ४ को सरीसल्ला र मेलछाम भन्ने स्थानमा बेवारिसे अबस्थामा बन्दुक फेला पारिएको होे । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी टोली गस्तीबाट फर्कँदै गर्दा झोलुंगे पुलको छेउमै लुकाई राखेको १ नाल लोड र २ नाल खाली गरी जम्मा ३ नाल भरुवा […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन्। शुक्रबार राती १०:३० मा प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ। नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन्।उनी साउन २५ मा स्वदेश फर्किनेछन्। प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ। जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे […]
काठमाडौँ — देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा […]