होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले छिट्टै मन्त्रीमण्डल विस्तार हुने बताएका छन। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री विहीन रहेका बेला सरकारका प्रवक्ता शाहले मन्त्रीमण्डल पुर्नगठन वा विस्तारको तयारी रहेको बताएका हुन्। ‘छिट्टै मन्त्रीपरिषद्को पुर्नगठन वा विस्तार हुन्छ,’ शाहले भने, ‘मुख्यमन्त्री ज्यूले […]
आज माघ ३ गते सुदूरपश्चिम प्रदेशवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व शुरु भएको छ । यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि उक्त पर्व मनाउन थालेका छन् । विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, डोटी, बैतडी तथा दाुर्चलाका गाउँघर तथा बजारमा रहेका स्थानीयवासी सबै आ–आफ्नो पायक […]
धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ जना मध्ये दुई जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ वाणिका अन्दाजी ३५ वर्षीय जनक बोहराको सेती प्रादेशिक […]
धनगढीःसुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु सत्ता समिकरणको जोड घटाउमा पर्ख र हेरको अवस्थामा रहेका छन। प्रतिनिधिसभा विघटन भएपछि विभाजित देखिएको नेकपाको प्रचण्ड–नेपाल र ओली समूहले सत्ता फेरबदल गर्ने कसरत जारी राखेका बेला दुवैतिरका प्रदेशसभा सदस्यहरु पर्ख र हेरको अवस्थामा रहेका हुन्। प्रचण्ड–नेपाल समूहभित्र आकांक्षी धेरै हुँदा रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न मुख्यमन्त्रीलाई समेत सकस भइरहेको […]
कैलाली । नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा विभाजन भएसँगै नेकपाको ओली पक्षले आफ्नो सबैभन्दा कमजोर अवस्था रहेको सुदूरपश्चिम प्रदेशमा धमाधम पद बाँडेर अस्तित्व रक्षा गर्ने रणनीति अख्तियार गर्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा नेकपाको प्रचण्ड–माधव पक्षको राजनीतिक अवस्था ओली पक्षको तुलनामा निकै बलियो देखिएको छ । त्यसैले पनि ओली पक्षले केन्द्रीय सदस्य पद बाँडेर भए […]
नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा चढेको गाडी रास्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु अछामका युवा र बिद्यार्थीले तोडफोड गरेका छन् । नेकपा अछामको पार्टी कार्यालय नजिक तोडफोड गरिएको हो । अध्यक्ष थापा चढेको प्रदेश ३ –०१ ०२३ च ७०६९ नम्बरको गाडी तोडफोड गरिएको हो । रास्ट्रिय युवा संघका केन्द्रिय सदस्य दिपक कुवरले प्रधानमन्त्री केपी शर्मा […]
डोटी – सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको छ । भिन्न ठाउँ र समयअनुसार त्यहाँका नौवटै जिल्लामा मनाइने पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले मौलिक तथा सांस्कृतिक पर्व भुवा मनाउन बिदा दिने निर्णय […]
२८ पुस, कैलाली । पुस १७ गते नेकपा दाहाल-नेपाल समूहले नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा र कैलाली जिल्ला अध्यक्ष रतन थापालाई कारबाहीको लागि सिफारिस गरेको थियो । दाहाल-नेपाल समूहले आयोजना गरेको प्रदेश कमिटीको चौथो बैठकले दुवैजनालाई कारबाही गर्न सिफारिस गरेको हो । उक्त बैठकमा साबिकका इन्चार्ज भीम रावल सहभागी थिए । […]
२८ पुस, काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ । बिहान ९ : ४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।
२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध […]
२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए । त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित कार्यक्रममा रावलले त्यसको जवाफ दिए । अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले भने, […]
२४ पुस, धनगढी । ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको […]
धनगढी: धनगढीमा नेकपा ओली समूहको जनसभा सुरु भइसकेको छ। धनगढीस्थित खुुला मञ्चमा सुरु भएको सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा सम्बोधन गर्ने बताइएको छ। यसैबीच उक्त सभामा सहभागी भएका एक युवकले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका छन्। उनले ‘निर्मला पन्तको […]
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन् । नेकपामा देखिएको राजनीतिक विभाजनसँगै आफू पक्षका कार्यकर्तालाई सम्बोधन गर्न उनी पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् । प्रधानमन्त्री ओलीले धनगढीमा शुक्रबार आफ्नो पक्षका कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । केहीबेर अघि धनगढी आइपुगेका उनलाई आफ्नै पक्षका नेता तथा कार्यकर्ताले […]
डडेल्धुरा: डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूह र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार पुतला दहन गरेको हो। प्रतिनिधिसभा विघटनको विरोधमा अखिलले जिल्ला सदरमुकामस्थित तुफानडाँडा चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। […]
धनगढीः नेकपा ओली समूहको जनसभा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा प्रमुख वक्ता रहेको सो जनसभा धनगढीस्थित खुुला मञ्चमा सुरु भएको हो। कार्यक्रममा प्रधानमन्त्रीसहित संघीय सरकारका अन्य.४ मन्त्रीसहित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश […]
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा नगएका सुदूरपश्चिमका मुख्यमन्त्रीले गाडी भने पठाएका छन्। नेकपा सुदूरपश्चिम ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीका लागि मुख्यमन्त्री त्रिलोचन भट्टले गाडी पठाएका हुन्। जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधानमन्त्रीका लागि गाडीको व्यवस्थापन गरेको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले […]
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन्। उनको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर प्रधानमन्त्री ओलीको स्वागतको लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरुको सभागिता थिएन। यसअघि देशका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता हुन्थ्यो। तर हाल सहभागिता नदेखिएको हो। […]
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी आइपुगेका हुन्। यसैबीच धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री ओली सुरक्षा घेरामा रहेका छन्। धनगढीमा सुरक्षाका सबै अंगलाई तैनाथ गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रयाप्त संख्यामा सुरक्षाकर्मी तैनाथ […]
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढीमा नेकपाका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसका लागि उनी धनगढी पुगिसकेका छन्। तर उनको कार्यक्रमा सहभागी हुने कार्यकर्ता बोक्न कैलारी गाउँपालिका–१ हसुलिया पुगेका बस भने रित्तै फर्किएका छन्। जनसभाको लागि नेता कार्यकर्ता लिन हसुलिया पुगेका ४ बस रित्तै फिर्ता भएको स्थानीयले बताएका छन्। नेकपा सुदूरपश्चिमले जनसभामा ५० […]