होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : गौराको अवसरमा भदौ १४ गते सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले राजपत्रमा प्रकाशित सूचनाअनुसार १४ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो। गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिएको संघीय सरकारले सोही दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेपछि देशभरी नै बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले भने गौरा पर्वमा छुट्टै बिदा […]
डोटी- पहिरोले अवरुद्ध भएको डोटीको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोले अवरुद्ध भएको सडक स्थानीयवासी, प्रहरी तथा स्काभेटरको सहायतामा आज बिहानदेखि सञ्चालन भएको अस्थायी ट्राफिक पोष्ट बुडरका प्रमुख हर्क साउदले जानकारी दिए । पहिरोले […]
धनगढी । नेकपा (एमाले) सुदूूरपश्चिमकी प्रमुुख सचेतक दुुर्गाकुुमारी बिक पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छन् । एमाले फुुटाएर नेता माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने बिकले घोषणा गरेकी हुन् । बिक पार्टी विभाजनपछि कुनै पक्षमा पनि खुलेकी थिइनन् । ‘मैले विगतमा एमाले हुुँदा पनि माधव नेपाल समूूहकै […]
धनगढी: कैलालीमा छाडा पुशचौपायाले गर्दा किसानलाई बारीको बाली जोगाउन धौधौ छ। स्थानीय सरकारलाई छाडा पशुचौपाया नियन्त्रण गर्न स्थानीयले दबाब दिँदै आएका छन्। यस्तै शुक्रबार पशुचौपाया नियन्त्रण गर्न दबाब दिदै अत्तरियामा स्थानीयहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनको अगुवाई थ्रिडिभिएल क्रियशन नामक संस्थाले गरेको थियो। सांकेतिक आन्दोलनस्वरूप पशु चौपायासहितको प्रदर्शन गरिएको प्रदर्शनकारीहरुले बताएका छन्। कैलालीमा गौशाला निर्माण गरिएको […]
जिल्लाको पूर्वी चौकी गाउँपालिका–२ बगलेकबासीले चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले उक्त वडामा चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको हो । उक्त संस्थाको रु ८५ लाखको आर्थिक सहयोगमा वडाबासीलाई धुवाँरहित चुलो वितरण गरेको थियो । धुवाँले […]
धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का ५८ घर […]
धनगढीः आज भाद्र कृष्ण पञ्चमी अर्थात सुदूरपश्चिमेलीहरको ठूलो चाड गौरापर्वको पहिलो दिन हो। आजबाट नै विधिवत रुपमा गौरापर्व सुरु भएको मानिन्छ। गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। ‘बिरुडा पञ्चमी’ को शुभ साइतमा आज गौरा पूजनका लागि बिरुडा राख्ने गरिन्छ। बिरुडा भन्नाले पाँच थरी अन्नको समिश्रणलाई भनिन्छ। आजकै दिन गौरा पूजनका लागि पाँचथरी अन्न […]
धनगढी : ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना सासंद छन्। पार्टी विभाजन हुनुअघि केपी शर्मा ओलीलाई साथ दिने सांसदको संख्यासात मात्रै थियो। सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए। १७ जना नेपाल समूहका सांसदले त पार्टीको निर्णयविपरीत माओवादी नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत पनि दिए। ओली पक्षको स्थायी कमिटी र प्रदेश कमिटीले गरेको […]
धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् । घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । शिशु जन्माएपछि […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेशिन जडान गरी मंगलबारदेखि राजपत्र छाप्ने काम सुुरु गरेको हो। प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले मेशिनको पुजापाठ गरी उद्धघाट गरेकी छिन्। सो अवसरमा बोल्दै मन्त्री जोशीले यसअघि राजपत्र छपाउनका लागि संघीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता […]
धनगढी : कोरोना महामारीको जोखिम आकलन र त्यसका लागि पूर्वतयारी गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले २०७७ वैशाख १५ गते प्रदेश कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन कार्ययोजना २०७७ स्वीकृत ग¥यो। कार्ययोजना अनुसार कोरोना भाइरसको बढी जोखिम हुनसक्ने समुदाय तथा क्षेत्रलाई सिल गरी स्वाब परीक्षण गर्ने उल्लेख छ। परीक्षण गर्दा पहिलो घरमुली, दोस्रो घरधुरी, तेस्रो खास टोल […]
काठमाडौं, भदौ ७ । हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ […]
६ भदौ, धनगढी। नेकपा एमाले छाडेर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि सुदूरपश्चिममा उनी निकटका नेता अलमलमा परेका छन् । केन्द्रमा माधव नेपाललाई साथ दिँदै आएका भीम रावल तटस्थ बसेपछि सुदूरपश्चिममा त्यसको प्रभाव देखिएको हो । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित २५ सांसदमध्ये सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए । तर […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
धनगढी : केपी शर्मा ओली र माधवकुमार नेपालबीच दूरी बढेदेखि नै सुदूरपश्चिमका अधिकांश प्रदेश सांसदले नेपाललाई साथ दिदै आएका छन्। पछिल्लो समय माओवादी नेतृत्वको प्रदेश सरकारले विश्वासको मत पाउँदा एमालेका १७ जना माधव समूह र ७ जना ओली पक्षमा खुलेका थिए। पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा […]
धनगढी : सुदूरपश्चिममा एमालेका उपाध्यक्ष भीम रावलको प्रभाव बलियो छ। विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन्। उनले नेपालको साथ छोडेको चर्चा पनि छ। रावलले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्तामा पनि साथ दिएनन्। उपाध्यक्ष रावलले साथ छोडेका कारण माधव नेपालले सुदूरपश्चिमका प्रदेशसभा […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले माधवकुमार नेपाललाई साथ दिएकी छन् । प्रदेश सरकारको प्रवक्तासमेत रहेकी जोशी नेपालले दर्ता गराएको एमाले (समाजवादी) पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा छिन् । जोशीसँगै प्रदेशसभा सदस्य एंवम् पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पनि माधव नेपाललाई साथ दिएकी छन् । […]
धनगढी: बुधबार नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन्। यस्तै एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकटका सांसद र नेताको छुट्टै भेला आयोजना गरेका छन्। भेलामा सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद र नेताको सहभागीता रहेको छ। रावलले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कुन पक्षमा लाग्ने भन्ने विषयमा परामर्श थालेका हुन्। पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल […]
धनगढी: निर्मलालाई न्याय माग्दै सावित्री सुवेदीले धनगढीमा प्रर्दशन गरेकी छिन्। मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्।‘बलात्कारीलाई फाँसी दे ! निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्। निर्मला घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार […]