होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा उपचार सेवा प्रभावित हुन थालेको छ। बाजुरा, बझाङ, डोटी र दार्चुला जिल्ला जोड्ने मुख्य राजमार्गसहित ग्रामीण सडक पूर्ण रुपमा सुचारु नहुँदा बिरामीको उपचारमा समस्या हुन थालेको हो। सडक मार्ग अवरुद्ध भएका जिल्लामा बिरामीलाई अस्पताल ल्याउन तथा उपचार गर्न नसक्ने बिरामीलाई रेफर गर्दा समस्या हुन […]
नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । पहाडी जिल्लामा […]
धनगढी: सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत असोज ३१ गतेदेखिका अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस ३७ जनाको मृत्यु भएको हो। बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। डोटीमा १६ जनाको मृत्यु भएको छ। यस्तै बझाङमा १२, बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा एक/एक […]
धनगढी : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज धनगढडीबाट सुदूरपश्चिमका दुई पहाडी जिल्लामा उडान भर्ने भएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले भने, ‘डोटीको मौसम राम्रो छैन। डोटीको उडानमा केही […]
धनगढी: ३ दिनको अविरल वर्षपछि सडक अवरुद्ध भएका पहाडी जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ। सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, डोटी, अछाम र बाजुरामा दैनिक उपभोग्य बस्तुको अभाव हुन लागेको स्थानीयले बताउन थालेका छन्। सडक अवरुद्ध भएपछि बझाङका स्थानीय व्यापारीले खाद्यान्न लुकाउन थालेको जयपृथ्वी नगरपालिकाका स्थानीय जगत खड्काले बताए। बझाङ लगायतका जिल्लामा सडक अवरुद्ध भएपछि दैनिक […]
धनगढी : धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भोलिदेखि उडान भर्ने भएको छ। उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले […]
धनगढी : बझाङको थलारा गाउँपालिकामा गएको पहिरोमा अझै १९ जना बेपत्ता छन्। कार्तिक २ गते थलारा गाउँपालिका वडा नम्बर ४ मा रहेको डिक्लामा दुई परिवारका २३ जना बेपत्ता भएका थिए भने शनिबारसम्म चार जनाको शव भेटिएको छ। उनीहरुमध्ये तीन जनाको सनाखत भइसकेको छ भने आज भेटिएका एक जनाको भने अझै सनाखत हुन सकेको छैन। आयुष […]
बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए । यस्तै २१ हजार ५४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । छ देखि […]
धनगढी : कैलालीको धनगढीसहित अधिकांश भाग हुस्सु/कुहिरोले ढाकेको छ। हुस्सु लागेपछि धनगढी र आसपासको क्षेत्रमा तापक्रम पनि घटेको छ। यस्तै आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पानी पार्ने प्रणाली नेपालमा अहिले नभए पनि स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर […]
धनगढी: सुदूरपश्चिम सरकारले आज (शनिबार)देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। आज हेलिकोप्टर प्रदेशका सातै जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्। क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले आज राहत लिएर जाने बताएकी हुन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी […]
डडेल्धुराः डोटी र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टमा भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा डडेल्धुरामा देशभरमै धेरै १ सय १६ मिलिलिटर वर्षा भएको हो। यस्तै, डोटीमा ९५.३ मिलिलिटर र धनगढीमा ८०.१ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले रंगुन नदी तथा सो क्षेत्रका अन्य स–साना नदीहरूमा […]
धनगढी: सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।राजमार्गको भासु भीरमा वर्षाका कारण हिजो राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। राजमार्ग अवरुद्ध बनेपछि अहिले त्यहाँ यात्रु अलपत्र परेका महेन्द्रनगरबाट डडेल्धुरा गइरहेका विष्णु पनेरुले बताए। केहीबेरमै डोजर लगाई पहिरो पन्छाइने प्रहरीले बताएको छ।
धनगढी : सुदूरपश्चिममा भोलिदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। दसैँमा बन्द भएका सरकारी कार्यालय अन्य प्रदेशमा आजदेखि नै खुले पनि सुदूरपश्चिममा भने भोलिदेखि मात्रै खुल्ने भएका हुन्। अन्य प्रदेशमा दसैं बिदा ३० गतेसम्म मात्रै थियो भने सुदूरपश्चिममा भने प्रदेश सरकारले थप एक दिन अर्थात् आज पनि बिदा दिएको थियो। सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म […]
सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो । आन्तरिक मामिला […]
धनगढी। कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ।हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो। उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको पाइएको जिल्ला प्रहरी […]
बैतडी —यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छ जना सामान्य घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन […]
धनगढी : दसैँको टीका लगाइसकेका सुदूरपश्चिमका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ। खेतमा धान पाकेका कारण पानी परे नोक्सानी हुने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको हो। सुदूरपश्चिम प्रदेशमा यो वर्ष धानको उत्पादन राम्रो हुने अनुमान गरिएको छ। यो वर्ष मनसुन अनुकुल हुनुका साथै उन्नत बीउका कारण धान उत्पादन बढ्ने अनुमान कृषि विज्ञले गरेका हुन्। […]
धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो । कालोपत्रका लागि खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का सम्झौता लिएको जनाइएको छ । धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा […]
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (असोज ३१ गते) पनि सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर भोलि पनि बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा […]
डडेलधुरा — सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्रका रुपमा विकसित हुन थालेको डडेलधुरा बस पार्क निर्माण हुन नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ । पार्किङका लागि ठाउँ नहुँदा बसपार्क अस्तव्यस्त बन्न थालेको छ । बसपार्क नभएका कारण सदरमुकाम अव्यवस्थित मात्र भएको छैन, सर्वसाधारण र आउने जाने यात्रुहरुले निकै सास्ती भोग्नु परेको छ । पहाडी […]