होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डोटी । मुलुकका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेका छन् । महाधिवेशनबाट सुदूरपश्चिमका यी तीन दलबाट ७७ जना केन्द्रीय समितिमा पुगेका छन् । आइतबार मात्रै काठमाडौंमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रको केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २७ जना समेटिएका छन् । २९९ सदस्यीय केन्द्रीय समिति बनाउने वैधानिक व्यवस्था […]
धनगढी : सुदूरपश्चिमको साँस्कृतिक पर्व ‘भुवा’ आइतबारदेखि सुरु भइसकेको छ। महाभारतको कथा, पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन्। दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन्। यो पर्व विषेश गरी सुदूरपश्चिमका तीन पहाडी जिल्ला […]
कञ्चनपुर: कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार राति भीमदत्त नगरपालिका–१९ बागफाँटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीच ौकी बागफाटाले जानकारी दिएको छ।
नागरिक रैबार/बाजुरा १६ पुस। सुदूरपश्चिम प्रदेश सरकारले बाजुरासहित तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार बाजुरा, अछाम र बझाङ गरि तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो। पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा बिदा दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका […]
धनगढीः पछिल्लो एक वर्षमा विद्युत चुहावट करिब ३ प्रतिशतले घटेको छ। नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको छ। विद्युत् प्राधिकरणका सातैवटा प्रादेशिक तथा डिभिजन कार्यालयले चुहावट घटाएको देखिएको छ। यद्यपि सुदूरपश्चिम प्रदेशले गत वर्षको चुहावटको हिसाबले आधा घटाएको देखिएको छ। चुहावट धेरै घटाउनेमा प्रदेश १ […]
डोटीः सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन्। खप्तडमा दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जनाएको छ। जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो। अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन […]
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले बनाएको विजुलीबाट चल्ने सवारी साधन सडकमा गुडाएका छन् । एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थीहरूले चार पाङ्ग्रे कार निर्माण गर्दै आइतबार धनगढीको सडकमा गुडाएर प्रदर्शन गरे । सारअल्फा नाम दिइएको उक्त विद्युतीय कार ऋषिकेश थापा, आदित्य जोशी, सक्षम रेग्मी र रोहित ऐरले कोरोना […]
सुदूरपश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणा पत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बसेको मन्त्रिपरिषद्को बैठकमा पेस गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणा पत्रलाई स्वीकृत दिएको हो । प्रदेश योजना आयोगले तयार पारेको सो अवधारणापत्रले प्रदेशको समग्र विकासका लागि योजना बनाउन सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला […]
सुदूरपश्चिममा पनि बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ। बालबालिकाहरु कोरोना संक्रमणको जोखिममा रहेको भन्दै १२ वर्षदेखि १७ वर्ष मुनिका बालबालिकाहरुलाई मोडर्ना खोप अभियान चलिरहेको हो। विद्यालयहरुलाई नै खोप केन्द्र मानेर खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य प्रमुख योगेश भट्टले बताए। उनले पहिलेभन्दा अहिले खोप प्रति अभिभावक तथा बालबालिकाहरु उत्साहित […]
धनगढीः जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ। एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गतेदेखि उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो। सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए। उपचारकै क्रममा रहेका उनको सोमबार निधन भएको आफन्तले बताएका छन्। ५० वर्षीय भट्ट नेपाली कांग्रेसबाट जिसस […]
दार्चुला — गाउँघरमा चाडपर्व सकियो । हिउँदे सिजनको खेतीपातीलगायतका सबै काम सकिएको छ । बर्सेनि यही समयमा यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत पस्ने गर्छन् । यतिबेला प्रमुख हिउँदेबाली गहुँ, जौ छर्ने काम सकाएर यहाँका स्थानीय दैनिक ज्यालादारीमा मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गइरहेका छन् । ‘हिउँदेबाली नपाकेसम्म सामान्य घरायसी कामबाहेक गाउँमा अन्य काम नहुने भएकोले एक/दुई महिना मजदुरीको […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट अभावले जनता आवास कार्यक्रमअन्तरगत थप घर निर्माणमा समस्या हुने देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरसको संक्रमणका कारण घरधुरी छनौट गर्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले दोस्रो वर्ष छनौट गरेको थियो । तर आर्थिक वर्ष २०७७/७८ मा कैलाली र कञ्चनपुरमा छनौट भएका ४३७ घर अहिले पनि […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा आजदेखि चिसो बढ्दै जाने भएको छ। पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकोले चिसो बढ्दै जाने भएको हो। पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली […]
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए […]
धनगढीः केही समयअघि सम्पन्न भएको नेकपा एमालेको महाधिवेशनका लागि डोटीका धर्मसिंह विश्वकर्मा प्रतिनिधि थिए। उनी डोटीको दीपायल सिलगढीमा रहेको महेन्द्र आधारभूत विद्यालयका शिक्षक समेत हुन्। यस्तै एमालेको अधिवेशनका लागि डोटीका शिक्षक कृष्णकुमार खड्का र भागरथी धामी पनि प्रतिनिधिमा छनोट भएका छन्। खड्का सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण माविका शिक्षक हुन् भने धामी पूर्वीचौकीमा रहेको भारतोली […]
धनगढी । कैलालीकाे लम्किचुहा नगरपालिका-३ का भूपेन्द्र बडुवालकाे हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेकाहरूलाई धराैटीमा रिहा गरेकाे भन्दै आफन्त र परिवारजनले जिल्ला अदालतबाहिर प्रदर्शन गरेका छन् । पीडित पक्षले साेमबार धनगढीमा प्रर्दशनसहित जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । मान्छे मार्न पाइदैन, न्यायलय बिक्न बन्द गर, फरार अभियुक्तलाई इन्काउन्टर दे लगायतका नारा लगाएका छन् । […]
धनगढीः नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न कसरत थालिएको छ। शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोटका लागि गृहकार्य सुरु भएको हो। प्रदेश अध्यक्ष पदका लागि सहमति खोज्ने प्रयास जारी रहेको माओवादी नेताहरुले बताएका छन्। आकांक्षीहरु छन् तर तर तीमध्येबाट एक जना छान्नका लागि सहमतिको प्रयास […]
कञ्चनपुर: लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ। झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए। घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए। […]
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ । आज धनगढीमा नेकपा माओवादी प्रदेश कमिटीले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । मंसिर २५ र २६ गते धनगढीमा हुने सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्याधुनिक प्रविधिको माध्यमबाट उद्घाटन गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी इन्चार्ज खगराज […]
नेपाली काँग्रेसको शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनमा सुदूरपश्चिमबाट ४१९ जना महाधिवेशन प्रतिनिधि काठमाडौं आउने भएका छन् । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशबाट ४१८ जना महाधिवेशन प्रतिनिधि काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुने निश्चित भएको हो । देउवाको गृह प्रदेश भएको तथा रमेश लेखक, एनपी साउदजस्ता […]