होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछाम — अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो । मृतक शाही एमाले […]
संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपमहानगरपालिका ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो। चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले अनुदान […]
धनगढीः प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम तय गर्दा बजेट खर्च हुने खालका कार्यक्रम तथा आयोजना छनोट हुनुपर्ने मान्यता छ। नीति तथा कार्यक्रममा नयाँ विषय ल्याउन संरचनात्मक परिवर्तन अनिवार्य शर्त हो। सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षमा पुँजीगत खर्चको अवस्था निकै नाजुक रहेकाले अब आयोजनाहरूको पुनः वर्गीकरण गर्नुपर्ने अवस्था देखिएको छ। एकातर्फ स्रोत व्यवस्थापनको चाप छ […]
सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये २० वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पुरुष चयन भएका छन् ।बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने भनेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ (४) अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्दा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको […]
धनगढीः सुदूरपश्चिम प्रदेशसभाको दशौं अधिवेशन आजदेखि शुरु हुँदैछ। आज दिउँसो ३ बजे बस्ने दशौं अधिवेशन शुरु हुन लागेको हो। दशौं अधिवेशनको पहिलो बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखबाट आएको पत्र पढेर बैठक सञ्चालन सम्बन्धी जानकारी गराउने, अहिलेसम्म सभाबाट पारित भई प्रमाणीकरण भएका विधेयकको सामान्य जानकारी गराउने कार्यसूची रहेको सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। […]
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन यही जेठ १६ गतेबाट सुरु गर्न सिफारिस गरिएको छ। शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्ने सिफारिस गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका छन्। जेठ १६ […]
सुदूरपश्चिममा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ। जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन गर्न नसकिएको गुनासो गरिएको हो। जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा यो वर्ष मात्रै २४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने बताइएको छ। तर जेठ ३ गतेबाट नयाँ शैक्षिकसत्र सुरू भए पनि विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुगेको […]
धनगढीः गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश पनि आन्तरिक तयारीमा जुटेको छ। असोज २८ गतेदेखि पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने सुदूरपश्चिम प्रदेश आन्तरिक तयारीमा जुटेको हो। यद्यपी तयारीका लागि खेलकुदका निकायसँग बजेटको अभाव देखिएको छ। सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेश सरकारसँग बजेट माग समेत गरेको छ। खेलाडी छनोटका लागि […]
बाजुरा । सुदूरपश्चिमबाट बाजुराको बुढीगंगासहित देशका ४ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन ।पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । बाजुराको बूढीगंगा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । यस्तै काठमाण्डौ महानगर,उदयपुरको […]
दार्चुला — दार्चुलाको नौगाड गाउँपालिकामा नाबालिग छात्रामाथि बलात्कार गरेको अभियोगमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नौगाड गाउँपालिका–६ स्थित धुलिगडाका शिक्षक रामसिंह धामीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको उजुरी परेको हो । […]
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ । बुधबार वडा कार्यालयले सूचना जारी गर्दै आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा अभिभावकहरूले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरणमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो । […]
नगढी: नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछन। देशका केही स्थानहरूमा र मेघ गर्जन/चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी […]
सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ । फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो । तर शान्ति पूर्णरुपमा […]
धनगढीः सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको क्रममा पाँच पहाडी जिल्लामा झडप र विवाद भएको छ। सुदूरका पहाडी जिल्ला बझाङ, बाजुरा, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती सृजना भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार विवादपछि बाजुराका एक, बझाङका तीन र कञ्चनपुरको एक ठाउँमा विवादले मतदान प्रक्रिया रोकिएको छ। यस्तै मतदान रोकिएका ठाउँमा […]
धनगढीः सुदूरपश्चिममा १६ लाखभन्दा बढी मतदाता छन्। यिनै मतदाताले आगामी नेतृत्वका लागि जनप्रतिनिधि चुन्नेछन्। तर स्थानीय तह निर्वाचनमा ठूलो जनसंख्या मतदान गर्नबाट वञ्चित हुने देखिएको छ। झण्डै ७ लाखको हाराहारीमा भारतका विभिन्न सहर र २ लाख २६ हजार वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुक पुगेकाहरुले आफ्नो मतको प्रयोग गर्न नपाउने भएका हुन्। हरेक नागरिकलाई मताधिकारको अधिकार […]
धनगढीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन सकिने बताएका छन्। चुनावी दौडधुपमा गृहजिल्ला पुगेका देउवाले मंगलबार अमरगढीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’ देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौ। त्यसपछि प्रदेश […]
धनगढीः नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्लामा छन्। उनी डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी छन्। कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका छन्। सोमबार गन्यापाधुराको चुनावी सभालाई सम्बोधन गरेका देउवाले मंगलबार दिउँसो अमरगढी र परशुराम नगरपालिकामा सम्बोधन गर्दैछन्। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले […]
टीकापुरः यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन्। स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन्। निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि आफ्नो […]
धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कैलाली आउने भएका छन्। भोलि (सोमबार) प्रचण्ड कैलारी गाउँपालिकाको हसुलिया आउन लागेका हुन्। भोलि हसुलियामा माओवादीको कैलारी गाउँ समितिले चुनावी जनसभा आयोजना गर्ने भएको छ। उक्त जनसभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ आउन लागेको माओवादी नेताहरुले बताएका छन्। स्थानीय चुनाव नजिकिएसँगै केन्द्रका नेताहरुले दौडधुप तथा सक्रियता बढाएका छन्। […]
धनगढीः सुदूरपश्चिममा चुनावी माहोल गर्माएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी माहोल गर्माएको हो। सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा एकै दिन हुने चुनावका लागि उम्मेदवारहरु पनि मत माग्न व्यस्त छन्। मतदाताको घरदैलो गरिरहेका उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डा सुनाएर मत मागिरहेका छन्। तर मतदाता शिक्षाको विषयमा भने कसैको ध्यान जान नसकेको छैन। […]