होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ मंसिर, काठमाडौं । न्यूकासल युनाइटेडले यस सिजन प्रिमियर लिगमा चौथो जित हात पारेको छ । गएराति भएको लिगको एकमात्र खेलमा न्यूकासलले अन्तिम दुई मिनेटमा दुई गोल गर्लै क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको हो । जितपछि न्यूकासल १०औं स्थानमा उक्लेको छ । प्यालेसको मैदानमा भएको खेलमा ८८औं मिनेटसम्म खेलको गोलरहित बराबरी भएको थियो । […]
१३ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि […]
१२ मंसिर, काठमाडौं । न्युजिल्याण्डले पहिलो टी२० मा वेष्टइन्डिजमाथि शानदार जित हात पारेको छ । अकल्याण्डमा शुक्रबार भएको खेलमा घरेलु टोली न्युजिल्याण्डले डीएल मेथडका आधारमा वेष्टइन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वर्षाले प्रभावित भएपछि खेल १६ ओभरमा घटाइएको थियो । जसमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले कप्तान काएरन पोलार्डको विष्फोटक ब्याटिङ […]
१२ मंसिर, काठमाडौं । इंग्लिस क्लबद्वय आर्सलन र लेस्टर सिटी युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेका छन् । यस्तै इटालियन क्लब रोमा र जर्मन क्लब होफेनहेइम पनि राउण्ड अफ ३२ मा पुगेका छन् । चारै टोली समूह चरणमा दुई खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन् । […]
११ मंसिर, काठमाडौं । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनाको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । ६० वर्षीय म्याराडोनाको बुधबार मृत्यु भएको थियो । म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा ल्याइएको छ । यहाँ तीन दिनसम्म मानिसहरुले उनलाई अन्तिम श्रद्धान्जली दिन सक्नेछन् । म्याराडोनाका साथी ओहवाल्दो अर्बिलेसले म्याराडोनाले पाएको जति […]
११ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह बी को खेलमा स्पानिस क्लब रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । पहिलो दुई खेलमा जित हात पार्न नसकेको रियलले इन्टरविरुद्ध लगातार दोस्रो जित हात पार्दै समूहमा दोस्रो जित हासिल गरेको हो । इन्टरको मैदानमा भएको खेलमा रियलका लागि […]
अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए । म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको जानकारी दिए । ब्युनस आयर्सको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिसकेपछि दुई हप्ता पहिले डिस्चार्ज भएर घरमै आराम गरिरहेका […]
९ मंसिर, काठमाडौं । बंगलादेशसंग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बंगलादेशबाट फर्किएपछि सोमबार खेलाडीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र सबै २५ खेलाडीको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली फुटबल टिम गत बिहीबार बंगलादेशबाट […]
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले वुल्भ्ससँग बराबरी खेलेको छ । गएराति भएको खेलमा साउथह्याम्टनका जेम्स् वाल्कटले ५८ औँ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको ७५ औँ मिनेटमा वुल्भस्का नोरबर्टो मुररा नेटोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । बराबरीपछि पाँचौँ स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ । वुल्भ्स् भने १४ […]
८ मंसिर, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालियन सिरी ए मा एसी मिलानले नापोलीमाथि उसैको मैदानमा शानदार जित हात पारेको छ । भेट्रान खेलाडी इब्राहिमोभिच चम्किँदा मिलानले १० खेलाडीमा झरेर खेल अन्त्य गरेको नापोलीलाई ३-१ ले पराजित गरेको हो । २०औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा इब्राहिमोभिचले […]
२९ कात्तिक, काठमाडौं । रोवर्टो फिर्मिनोको एक मात्र गोल मद्दतमा ब्राजिलले फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अपराजित यात्रा कायम राख्दै लगातार तेस्रो जित हात पारेको छ । नेमार फिलिप काउटिन्हो जस्ता खेलाडीबिनै मैदान उत्रेको ब्राजिलले शनिबार बिहान सम्पन्न खेलमा भेनेजुएलालाई १-० ले पराजित गरेको हो । पहिलो हाफमा भेनेजुएलाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको […]
२८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अनुसार नेपाल र बंगलादेशबीचको पहिलो खेल आज हुँदैछ । खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा शुरु हुनेछ । कोरोना महामारीका कारण लामो समयदेखि फुटबल खेल्न नपाएका दुवै टोली मैत्रीपूर्ण खेललाई लिएर उत्साहित छन् । बिहीबार ढाकामा भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका […]
अनिल शाही/बाजुरा२७ कार्तिक।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तिन जुकोटमा बुधबारदेखि खुला फुटवल प्रतियोगिता सञ्चालन भएको छ । रोयल युनिटि युथ क्लवको आयोजनामा सम्भुसुनन्दा मावि जुकोटको चौघानचौरको खेलमैदानमा सो प्रतियोगिता सञ्चालन भएको हो । स्वास्थ्यका लागि खेलकुद र राष्टका लागि खेलकुद भन्ने मुलनाराका साथ सञ्चालन भएको प्रतियोगिताको नेकपाका नेता तथा पुर्व सांसद हिक्मतजगं शाहीले एक […]
२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरामाथि शानदार जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७-० को फराकिलो अन्तरले हरायो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्ने लयलाई कायम राख्दा पोर्चुगलका लागि ५ फरक खेलाडीले गोल गरे । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा पाँच गोल थपेको […]
२६ कात्तिक, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल-५० बेस्ट प्लेयर अवार्ड जितेका छन् । स्पोर्ट्स अनलाइन गोल डट कम ले हरेक वर्ष यस अवार्ड प्रदान गर्दै आएको छ । सन् २०१९-२० सिजनको उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन् । लेवान्डोस्कीले म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएना र […]
काठमाडौं– मंगलबार राति भएको फाइनलमा मुम्बई इन्डियन्सले पाँचौं पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जितेको छ। दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि जितेको हो। योसँगै दिल्लीको मुम्बईलाई पराजित गर्दै उपाधि जित्ने सपना चकनाचुर भएको छ। पहिलो पटक फाइनलमा पुगेको दिल्लीले मुम्बई इन्डियन्ससँग चारपटक लगातार हार ब्यहोनुपर्यो। खेलमा १५७ रनको मध्यम चुनौती […]
२६ कात्तिक, काठमाडौं । राजस्थान रोयल्सका फास्ट बलर जोफ्रा आर्चर १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० का मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । मंगलबार दुबईमा सम्पन्न आईपीएलको अंक तालिकामा राजस्थान अन्तिम स्थानमा रहे पनि आर्चर भने लिगकै मोस्ट भ्यालुएबल प्लेअर बने । आर्चरले दिल्ली क्यापिटल्सका बलर कागिसो रबाडा र मुम्बई इन्डियन्सको बलर […]
२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ । सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न […]
२१ कात्तिक, काठमाडौं । यस सिजन इटालियन सिरी ए मा उत्कृष्ट प्रदर्शन गरिरहेको एसी मिलान युरोपा लिगमा फ्रेन्च क्लब लिलेसंग पराजित भएको छ । समूह एच अन्तर्गतको खेलमा लिलेले मिलानलाई ३-० ले पराजित गरेको हो । लिलेका लागि युसुफ याजिसीले ह्याट्रिक गरे । २२औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका युसुफले ५५औं र ५८औं मिनेटमा लगातार […]
२१ कात्तिक, काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्ली कयापिटल्सलाई ५७ रन अन्तरले पराजित गर्दै मुम्बई उपाधि नजिक पुगेको हो । दिल्लीले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र […]