होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१४ पुस, काठमाडौं । केलेची इहनाचोले पेनाल्टी गुमाएपनि हार्भे बार्न्सले खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गरेपछि लेस्टर सिटीले प्रिमियरल लिगमा क्रिस्टल प्यालेससंग अंक खोसेको हो । लिगअन्तर्गत सोमबार भएको खेलमा लेस्टर र क्रिस्टलले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । क्रिस्टल प्यालेसको मैदानमा लेस्टरले १८औं मिनेटमा पेनाल्टी पाएको थियो । तर […]
काठमाडौं । डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–ट्वान्टी) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । २६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम […]
१० पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको महिला टोली घोषणा भएको छ । बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । पुस ११ गतेदेखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको कूल ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । सुदूरपश्चिम टिमको उपकप्तानमा रुवी पोदार छिन् । यस्तै टिमको […]
दाङ : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ। दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका आठ टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई […]
८ पुस, काठमाडौं । इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्सले यस सिजनको पहिलो हार बेहोरेको छ । सिरी ए को गएराति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्ट्स घरेलु मैदानमै फियोरेन्टिनासँग ३-० ले पराजित भयो । युभेन्ट्सको मैदानमा भएको खेलको तेस्रो मिनेटमा डुसान भ्लाहोभिकले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा जुवान क्वाड्राडोले […]
८ पुस, काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३-० ले पराजित गर्दा एक गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । […]
७ पुस, काठमाडौं । पोलिस फरवार्ड अहिले विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । एलिएन्ज एरेनामा जादु देखाउने लेवान्डवस्की कुनै बेला इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड जान तयार भएका थिए । बायर्न म्युनिखका स्ट्राइकर लेवान्डवस्कीले सन् २०१२ मै युनाइटेडसँग कुरा भएको खुलासा गरे । युनाइटेड जानका लागि सर एलेक्स पर्गुसनसँग कुराकानी भएको उनले सार्वजनिक गरेका छन् […]
५ पुस, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले सिरी ए मा पार्मामाथि शानदार जित हात पार पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले पार्मालाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो । रोनाल्डोले खेलको २६औं र ४८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि २३औं मिनेटमा डेजान कुलुस्भेक्सकीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए […]
५ पुस, काठमाडौं । लिओनल मेसीले पेलेको कीर्तिमान बराबरी गरेको स्पानिस ला लिगाको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ । लिगअन्तर्गत शनिबार भएको खेलमा दुवै टोलीले एक-एक पटक अग्रता लिए पनि अन्त्यमा खेल २-२ को बराबरीमा सकियो । घरेलु मैदानमा बराबरी खेलेपछि बार्सिलोनाले यस सिजन सातौं पटक अंक गुमाएको छ । १३ खेल खेल्दा बार्सिलोनाले […]
४ पुस, काठमाडौं । बोरुसिया डर्टमण्डले यस सिजन जर्मन बुण्डेसलिगामा उतारचढावपूर्ण प्रदर्शन गरिरहेको छ । युउसोफा माउकोले बुण्डेसलिगामा गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान बनाउँदा पछिल्लो खेलमा भने डर्टमण्ड युनियन बर्लिनसँग पराजित भएको छ । युनियनले घरेलु मैदानमा डर्टमण्डलाई २-१ ले पराजित गरेको हो । खेलको पहिलो हाफमा गोलरहित बने पनि ताइवो आवोनियीले ५७औं मिनेटमा गोल […]
रोबर्ट लेवान्डोस्की फिफा वर्ष खेलाडी २०२० घोषित भएका छन् । गत सिजन उनले जर्मन क्लब बार्यन म्युनिखलाई च्याम्पियन्स लिगसहित प्रमुख तीन उपाधि जिताउने क्रममा ४७ खेल खेल्दै ५५ गोल गरेका थिए । जर्मन बुुन्डेस लिगाबाट खेल्ने खेलाडी फिफा वर्ष खेलाडी घोषित भएको यो पहिलो अवसर हो । बिहीबार भर्चुुअल्ली आयोजना गरिएको अवार्ड समारोहमा फिफा अध्यक्ष […]
एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्ड पेनाल्टीमा चुक्दा सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरीमा रोकिएको छ ।बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँढ्न परेको हो । युभेन्ट्सले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ । फेडरिको चियासाले साविक विजेता युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका […]
२ पुस, काठमाडौं । जाफ्ना स्टालियन्सले श्रीलंकामा आयोजना भएको पहिलो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) ६२० फ्रेन्चाइज क्रिकेटको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा सोएब मल्लिकको अलारउण्ड प्रदर्शनमा जाफ्नाले गाल्ले ग्लाडिएटर्सलाई ५३ रनले पराजित गरेको हो । हमबानटोटास्थित महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जाफ्नाले निर्धारित […]
१ पुस, काठमाडौं । करिम बन्जाको दुई गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई पराजित गर्दै शीर्ष स्थानको यल सोसिडाड र दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । गएराति भएको खेलमा रियलले दश खेलाडीको विल्वाओलाई ३-१ ले पराजित गर्दै ३ अंक जोडेको हो । सान्टियागो बर्नाबेउमा भएको खेलको १३औं मिनेटमा राउल […]
नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टी २० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो।आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै […]
२९ मंसिर, काठमाडौं । बार्सिलोना र पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमै भिड्ने भएका छन् । सोमबार सार्वजजिक अन्तिम १६ को ड्रमा बार्सिलोनाले पीएसजी प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोना समूह जीको उपविजेता हो भने पीएसजी समूह एचको बिजेता हो । साविकको विजेता बार्यन म्युनिखले लाजिओ, लिभरपुलले लाइपजिग, म्यानचेष्टर सिटीले बोरुसिया मुन्छेनग्लाडबाख, चेल्सीले […]
२९ मंसिर, काठमाडौं । फ्रेन्च लिगमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई एकै पटक तेहोरो झड्का लागेको छ । लिग वानमा गएराति लियोनसँग १-० ले पराजित भएको पीएसजी अंक तालिका दुई स्थान तल झर्यो । यस्तै स्टार खेलाडी नेमार पनि यही खेलको अन्तिम समयमा घाइते भए । जितपछि लियोन दोस्रो स्थानमा उक्लेको छ । अर्को […]
काठमाडौँ — नेपाली राष्ट्रिय टिमको विश्वकप–२०२२ छनोटको घरेलु मैदानमा हुने तीन खेलका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबारदेखि तयारी सुरु भएको छ । पहिलो चरणमा बोलाइएका ५८ जनामध्ये ५४ खेलाडी पहिलो दिनको अभ्यासमा सहभागी भए । उनीहरूलाई २८ र २६ जनाको दुई समूह बनाएर ट्रेनिङ गराइएको थियो । मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा गरेपछि कार्यवाहक प्रमुखको रूपमा बालगोपाल महर्जनसँगै […]
काठमाडौँ– मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने […]
२५ मंसिर, काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न यही डिसेम्बर १५ (मंसिर ३० गते) मा अष्ट्रेलिया जाने भएका छन् । सन्दीपका व्यवस्थापक रमन शिवाकाेटीले सन्दीप कतार एअरवेजबाट अष्ट्रेलिया जाने बताएका हुन् । उनी डिसेम्बर १६ मा एडिलेड पुग्नेछन् । अष्ट्रेलियामा १४ दिनकाे क्वारेन्टिनपछि उनी हाेबार्ट हुरिकन्स टिममा सामेल हुनेछन् । […]