होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • युनाइटेड, आर्सनल र लेस्टर एफए कपको चौथो चरणमा
खेलकुद

युनाइटेड, आर्सनल र लेस्टर एफए कपको चौथो चरणमा

  • नागरिक रैबार
युनाइटेड, आर्सनल र लेस्टर एफए कपको चौथो चरणमा

२६ पुस, काठमाडौं । प्रिमियर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड, आर्सनल र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएका खेलहरु जित्दै यी क्लब राउण्ड अफ ३२ मा पुगेका हुन् ।

युनाइटेडले घरेलु मैदानमा वाटफोर्डलाई १-० ले हरायो । युनाइटेडको जितमा खेलको पाँचौ मिनेटमै स्कट म्याटोमिनेले गरेको गोल निर्णायक बन्यो ।

 

विज्ञापन

यस्तै आर्सनलले न्यूकासल युनाइटेडलाई २-० ले हरायो । निर्धारित समयमको खेल गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा दुई गोल गर्दै आर्सनलले खेल जितेको हो । ३० मिनेट थप गरिएको खेलमा बर्सनलका लागि एमिल स्मिथ रोवेले १०९औं र पिएरे एमरिक ओबामेयाङले ११७औं मिनेटमा गोल गरे ।

उता लेस्टरले स्टोक सिटीलाई ४-० ले हरायो । लेस्टरका लागि जेम्स जस्टिनले ३४औं, मार्क अल्ब्रिङ्गटनले ६०औं, आयोज पेरेजले ७९औं र हार्भे बार्न्सले ८१औं मिनेटमा गोल गरे ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार