होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • काेल्टीमा ईलाका प्रशासन स्थापनाकाे माग गर्दै मन्त्री जाेशीलाई ज्ञापनपत्र
स्वामीकार्तिक

काेल्टीमा ईलाका प्रशासन स्थापनाकाे माग गर्दै मन्त्री जाेशीलाई ज्ञापनपत्र

  • नागरिक रैबार
काेल्टीमा ईलाका प्रशासन स्थापनाकाे माग गर्दै मन्त्री जाेशीलाई ज्ञापनपत्र

नागरिक रैबार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जाेशीलाई नागरिक सेवा सराेकार मंचले ज्ञापनपत्र बुझाएको छ ।

सेवा सराेकार मंचले पुर्विउत्तरी क्षेत्रका नागरिकहरूका लागि ईलाका प्रशासन कार्यालय स्थापनाकाे माग गर्दै मन्त्री जाेशीलाई मंगलबार काेल्टीमा ज्ञापनपत्र बुझाएकाे हाे ।

देश संघियतामा गईसकेकाे वर्षाै वितिसक्दापनि अहिलेसम्म पुर्विउत्तरी क्षेत्रका नागरिकहरूले नागरिकता पाउनका लागि समस्या झेल्नुपरेकोले काेल्टी क्षेत्रमा ईलाका प्रशासन कार्यालयकाे माग राख्दै ज्ञापन पत्र बुझाएकाे नागरिक सेवा सराेकार मंचका संयाेजक जनेश भण्डारीले बताएका छन् ।

विज्ञापन

नागरिक सेवा सराेकार मंचले कुण्डा क्षेत्रका नागरिकहरूले अहिलेपनि नागरिकता, मालपाेत लगायतका सेवा लिनका लागि हप्तादिन लाग्ने र हजाराै रकम खर्च गरेर सदरमुकाम धाउनु पर्ने बाध्यता भएकाेले जेष्ठ नागरिकहरूले राज्यबाट पाउने सेवा सुविधाबाट बन्चित हुनुपरेकाे मन्त्री जाेशिलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

यस अघि पनि ४ वटै स्थानीय तहले काेल्टीमा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि आवश्यक निर्णय  गरेर जिल्ला प्रदेश हुँदै संघीय सरकारसम्म फाईल पठाएको छ । तर महिनादिन वित्दा समेत कुण्डालीबासीकाे याे मागकाे सम्बाेधन भएकाे छैन् ।

कुण्डालीबासीले पुर्विउत्तरी क्षेत्रका साविकका ११ गाविस र हालका ४ वटा स्थानीय तहका नागरिकहरूकाे लागिकाेल्टीमा ईलाका प्रशासन कार्यालय स्थापनाकाे माग राखेकाे दशक वित्न लागेकाे छ । तर अहिलेसम्म ईलाका प्रशासन कार्यालय स्थापनाका लागि राज्यले चासाे नदेखाएको पुर्वउत्तरी क्षेत्रमा नागरिककाे गुनासाे छ ।

यता ज्ञापनपत्र बुझ्दै मन्त्री जाेशीले काेल्टीमा ईलाका प्रशासन कार्यालयकाे स्थापनाकाे लागि सरकारसंग पहल गर्ने आश्वासन दिएका थिए ।

हेर्नुस् ज्ञापनपत्र

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार