होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • कोल्टीमा ईलाका प्रशासन र बस सेवा सूचारु गर्न सिडियो लाई कुण्डाली बासीको माग
Breaking News

कोल्टीमा ईलाका प्रशासन र बस सेवा सूचारु गर्न सिडियो लाई कुण्डाली बासीको माग

  • नागरिक रैबार
कोल्टीमा ईलाका प्रशासन र बस सेवा सूचारु गर्न सिडियो लाई कुण्डाली बासीको माग

नागरिक रैबार/बाजुरा ४ चैत। कुण्डाली सेवा समाज बाजुराले मार्तडी-कोल्टी सडकको स्तरोन्नति गरि नियमित बस सेवा र इलाका प्रशासन कार्यालय स्थापनाकाको माग गर्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

आईतबार कुण्डाली सेवा समाज बाजुराले प्रमुख जिल्ला अधिकारी पौडेललाई पुर्विउत्तरी क्षेत्रको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना र मार्तडी कोल्टी सडकको स्तरोन्नति गरि नियमित बस सेवा संचालनको मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।

सदरमुकाम मार्तडीसम्म बस सेवा संचालन भएको दशक वित्न लाग्दा समेत मार्तडी कोल्टी सडकमा बस सेवा सूचारु नभएको र पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तहका नागरिकका लागि पायक पर्ने ठाउँ कोल्टीमा ईलाका प्रशासन कार्यालयको स्थापनाका लागि दवाव दिन प्रजिअ पौडेललाई ज्ञापन पत्र दिइएको कुण्डाली समाज बाजुराले बताएको छ ।

विज्ञापन

कोल्टीमा विगत लामो समयदेखि इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रयास गरिएको भएपनि कार्यान्वयन नभएको भन्दै कुण्डाली सेवा समाज बाजुराले आज दबाबमुलक र्याली सहित प्रमुख जिल्ला अधिकारी मार्फत बाजुराबाट नेतृत्व गर्ने सांसद, मन्त्री, स्थानीय तहका जनप्रतिनिधि लगायत सम्वद्ध निकायको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएको हो ।

मार्तडी-कोल्टी सडकमा बस सेवा संचालन, कोल्टीमा ईलाका प्रशासन स्थापना लगायत सो क्षेत्रका नागरिकले समयमै आधारभुत आवश्यकता पाउनुपर्ने भन्दै बाजुरा जिल्लाबाट प्रतिनिधित्व गर्ने पुर्व तथा वर्तमान प्रतिनिधि,प्रदेश सभा सदस्य, राजनितिक दलका पदाधिकारी, स्थानिय तहका पुर्व तथा वर्तमान जनप्रतिनिधि तथा राजनितिक दलका पदाधिकारी पदाधिकारीलाई एकै समयमा म्यासेज गरी सो कुराको जानकारी गराएर कार्यान्वयनका लागि दबाब दिएको हो । यता प्रमुख जिल्ला अधिकारी पौडेलले कुण्डाली समाज बाजुराले राखेको माग सम्वोधनका लागि आफु निरन्तर लागि रहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार