होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकाकाे नगरसभा तथा १४ औं हिउँदे अधिवेशन सम्पन्न, १० वटा कार्यविधि पारित
Breaking News

बडीमालिकाकाे नगरसभा तथा १४ औं हिउँदे अधिवेशन सम्पन्न, १० वटा कार्यविधि पारित

  • नागरिक रैबार
बडीमालिकाकाे नगरसभा तथा १४ औं हिउँदे अधिवेशन  सम्पन्न, १० वटा कार्यविधि पारित

नागरिक रैबार/बाजुरा २९ माघ। बाजुराको बडीमालिका नगरपालिकाकाे नगरसभा तथा १४ औ हिउँदे अधिवेशन सम्पन्न भएकाे छ ।

बडीमालिकाकाे आज सम्पन्न १४ औँ नगरसभामा ऐन, नियमावली, र १० वटा कार्यविधिहरू पारित गरिएका छन् ।

नगरपालिकाले आर्थिक बर्ष २०८०।८१ मा ४५ करोड १२ लाख २१ हजार ४ सय बजेट बिनियोजन गरेकोमा सो चालू आवकाे ७ महिनामा कुल बजेटको २६.३१ प्रतिशत बजेट खर्च गरिएको नगरपालिकाले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

विज्ञापन

नगरसभाबाट बडिमालिका नगरपालिकाको नगर प्रहरी ऐन, २०८०, बडिमालिका नगरपालिका नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन कार्यविधि,२०८०, बडिमालिका नगरपालिकाको एकिकृत छात्रवृति व्यवस्थापन तथा वितरण कार्यविधि २०८० सर्वसम्मत पारित गरेको छ ।

त्यसैगरि बडिमालिका नगरपालिकाको घ वर्गको निर्माण व्यवसाय ईजाजत पत्र सम्बन्धी कार्यविधि २०८०, बडिमालिका नगरपालिका व्यवसाय कर सम्बन्धी कार्यविधि पहिलो संसोधन २०८०, बडिमालिका नगरपालिका महिला समुह, युवा सञ्जाल संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, बडिमालिका नगरपालिकाको कृषि एम्बुलेन्स, कृषि बिकाश कार्यक्रम, कृषि बजार बिकाश तथा ब्यबस्थापन, स्थानिय कृषि ब्यबासाय प्रबद्र्धन तथा संचालन कार्यबिधी २०८०, बिद्युतीय संचारमाध्याम र छापा तथा अनलाइन मिडियाका लागि लोक कल्याणकारी बिज्ञापन बितरण सम्बन्धी कार्यबिधी २०८० ल्याएको छ ।

त्यसै गरी कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबाहार निवारण आचारसहिंता २०८० र उपप्रमुख संग किशोरी छात्रबृद्धी बितरण सम्बन्धी कार्यबिधी २०८० नगरसभाबाट पास गरिएको नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।

सम्पन्न नगर सभाबाट प्रशासनिक, आर्थिक तथा भौतिक एवं विषय गत समितिको प्रगति समिक्षा गरि प्रतिवेदन पास, विभिन्न मितिमा कार्यपालिका तथा विषय गत निणर्य तथा खर्च अनुमोदन, महालेखा बाट औल्यायका व्यरुजु तथा सुझाव माथि छलफल तथा व्यरुजु असुल गर्ने निर्देशन र विनियोजन विधेयक संसोधन विधेयक एव वजेट तथा कार्यक्रम संसोधन लगायतका निणर्यहरु गरिएको प्रबक्ता पाध्यायले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार