राजेन्द्र विक बाजुरा,२१ माघ। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर २ लुमाकी २८ बर्षीया गर्भवती सुकिलि शार्किको मृत्यु भएको छ। सुत्केरी ब्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा आएकी गर्भवति शार्किको अप्रेसन गरेर बच्चा निकाल्नु पर्ने भएको र त्यो कोल्टिमा सम्भब नभएपछी रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपालि सेनाको हेलिकप्टर मार्फत शनिबार कोल्टी बाट सुर्खेत उद्धार गरिएको थियो।कर्णालि प्रादेशिक अस्पताल सुर्खेत पुर्याइए लगत्तै अप्रेसन द्वारा २ ओटा मृतक शिशुको जन्म दिएकी शार्किको होस नखुलेपछी आज बिहान ५ बजे कर्णाली प्रादेशिक अस्पताल सुर्खेत काला गाउँमा निधन भएको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गौरी शार्किले बताउनु भयो।
मृतक शार्किका यसअघी एउटा छोरा र एउटि छोरी गरि २ ओटा सन्तान रहेका छन्। उनको शब जगन्नाथ गाउँपालिकाको सहयोगमा सुर्खेत बाट बाजुरा ल्याइने तयारी भइरहेको जगन्नाथ गाउँपालिकाले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु