होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति
समाचार

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति

  • नागरिक रैबार
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति

काठमाडौँ । आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।

यता नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएको उनले जानकारी दिए । उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीज्यूले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याउनु भयो । आठवटै दलले त्यो प्रस्तावमा समर्थन जनायौँ ।’

सत्ता साझेदारीका अन्य विषय भने आगामी बैठकमा छलफल हुने उनको भनाई थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै