होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीगंगाले दियो दशैं मनाउन बाजुराका कैदीबन्दीलाई खसी उपहार
बाजुरा बिशेष

बुढीगंगाले दियो दशैं मनाउन बाजुराका कैदीबन्दीलाई खसी उपहार

  • नागरिक रैबार
बुढीगंगाले दियो दशैं मनाउन बाजुराका कैदीबन्दीलाई खसी उपहार

नागरिक रैबार बाजुरा ४ कार्तिक । विजया दशमी तथा शुभदिपावलीको अवसरमा जिल्ला कारागार बाजुरामा बन्दी जीवन बिताइरहेका कैदीबन्दीलाई बुढीगंगा नगरपालिकाले दसैं मनाउन खसी र चामल उपहार दिएको छ ।

कारागारमा रहेका कैदी बन्दीलाई विजया दशमीको शुभकामना स्वरूप बुढीगंगा नगरपालिकाले १ खसी तथा दुई बोरा चामल र एक दर्जन किताब प्रदान गरेको हो ।

जेल जीवन विताइ रहेका कैदीबन्दीहरुले दशैंँ सहज रुपमा मनाउन भन्ने उद्देश्यले शनिबार कारागारमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा, जिल्ला समन्वय समिति बाजुराका सदस्य ए‌व एमाले नेता हिक्मत थापा र एमाले बुढीग‌गा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले उनिहरुलाई सयुक्त रुपमा खसी, दुई बोरा चामल र एक दर्जन किताब प्रदान गरेका हुन् ।

विज्ञापन

बन्दी जिवन विताईरहेका कारागारका कैदीवन्दीहरुलाई सरकारकाले उपलव्ध गराउने सुविधाले चाडपर्वमा मिठोमसिनो खाने कुरा नपुग्ने भएकोले उनिहरुलाई दशैंको अवसर पारेर १ खसी, २ बोरा चामल र अध्ययनका लागि पुस्तक प्रदान गरिएको नेकपा एमाले बढीगंगा नगर कमिटीका अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।  २५ जना क्षेमता रहेको कारागारमा हाल ६५ बढी कैदीबन्दी रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार