होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीसम्म यस वर्ष वर्षातमा समेत नियमित यातायात संचालन हुने
समाचार

मार्तडीसम्म यस वर्ष वर्षातमा समेत नियमित यातायात संचालन हुने

बल्दे-दवारी बैकल्पिक सडक निर्माण कार्य पुरा

  • नागरिक रैबार
मार्तडीसम्म यस वर्ष वर्षातमा समेत नियमित यातायात संचालन हुने

नागरिक रैबार/बाजुरा ३ बैशाख। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग अन्तरगतको बल्दे-दवारीको बैकल्पिक सडकको निर्माण कार्य पुरा भएको छ ।

विगत पाँच वर्ष देखि वर्षातका ५ महिना बल्दे-दवारीको १ किलोमिटर सडकमा खसेको पहिरोका कारण बन्द हुँदै आएको उक्त स्थानमा बैकल्पिक सडक निर्माणको काम पुरा भएपछि यस वर्ष वर्षातमा समेत सदरमुकाम मार्तडीसम्म नियमित यातायात सेवा संचालन हुने देखिएको छ ।

गत साउन १७ गते बुढीगंगा नगरपालिका, स्थानीय जग्गा धनी र सडक डिभिजन कार्यालय साँफे विचको त्रिपक्षीय सहमतिपछि बल्दे दवारीको बैकल्पिक मार्ग निर्माण कार्यको थालनी भएको थियो ।

विज्ञापन

गएको साउन १७ गते बुढीगंगा नगरपालिका समन्वय र सडक डिभिजन कार्यालय अछामको सहयोगमा साँफे-मार्तडी सम्मको सडक नियमित संचालनका लागि बल्दे-दवारी सडकको बैकल्पिक मार्ग निर्माण कार्य थालनी गरेको थियो । ९ महिना अगाडि बैकल्पिक सडकको जिल्ला समन्वय समितिका प्रमुख तुलसिराम रोकायाले रिवन काटेर उद्धघाटन गरेका थिए ।

बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँको निरन्तरको पहलकदमी र सडक विभागको लगानीमा कन्सन बाजुरा अम्कोट गाउँ हुदैँ दवारी सम्मको करिव साढे चार किलोमिटर सडक १ हप्ता भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी कामको थालनी गरिएको थियो । तर निरन्तरको वर्षा र विचमा अम्कोट गाउँ र जंगल भएकै कारण उक्त बैकल्पिक मार्ग निर्माणमा ढिलाई भएको थियो ।

जिल्लाको मुख्य राजमार्ग अन्तरगतको बल्दे-दवारी क्षेत्रमा खसेको पहिरोका कारण बाजुराबासीले वर्षातमा चार पाँच महिनासम्म दुख भोग्दै आएको समस्यालाई मध्येनजर गरेर बैकल्पिक सडक निर्माण भएपछि ठुलो राहत पुग्ने बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

अहिले बैकल्पिक सडक निर्माण भएको छ अव यो सडकमा नियमित यातायात संचालन हुने गरी दिगो बनाउनका लागि संघीय र प्रदेश सरकारसंग आवश्यक समन्वय भईरहेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख बानियाँको भनाई छ ।

विगत पाँच वर्षदेखि वर्षातका ५ महिना बाजुराबासीले बल्दे-दवारी क्षेत्रमा निरन्तर पहिरो गएर सडक अवरुद्ध भएपछि कष्टकर यात्रा गर्न बाध्य हुँदै आएका थिए । ५ वर्षपछि बल्दे दवारी क्षेत्रको १ किलोमिटर सडकको बैकल्पिक मार्ग निर्माण कार्य सम्पन्न भएपछि बाजुराबासीलाई यस वर्ष बर्षातमा आवतजावत गर्न सहज हुने देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार