होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले सुदूरपश्चिम अधिवेशन : सहमतिको प्रयास कमजोर बन्दै, निर्वाचन हुने संकेत
समाचार

एमाले सुदूरपश्चिम अधिवेशन : सहमतिको प्रयास कमजोर बन्दै, निर्वाचन हुने संकेत

  • नागरिक रैबार
एमाले सुदूरपश्चिम अधिवेशन : सहमतिको प्रयास कमजोर बन्दै, निर्वाचन हुने संकेत

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको बन्दसत्र सोमबार दिउँसोदेखि सुरु भएको छ । धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले नेतृत्वमा सहमति जुटाउन छलफल अघि बढाए पनि सहमति जुट्न सकेको छैन । महासचिव पोखरेलले सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल थालेका हुन् । तर सहमतिको प्रयास कमजोर बन्दै गएको एमालेका एक नेताले बताए ।

यद्यपि, महासचिव पोखरेलले छलफलपछि सहमतिका खाका बनाउने जिम्मा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई दिइएका छन् । ती नेताले भने- ‘सहमतिको प्रयास जारी छ । अझैसम्म कसैको उम्मेदवारी घोषणा समेत भएको छैन । तर अहिलेसम्म सहमतिको वातावरण बन्न नसकेकोले सहमतिको प्रयास पनि कमजोर बन्दै गएको छ ।’

सहमतिको अन्तिम प्रयास जारी रहेको बताउँदै ती नेताले आकांक्षीहरूकाबीच अझै कुरा मिल्न नसकेकाले निर्वाचन प्रक्रियामा जाने सम्भावना प्रवल रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपछि नेताहरू दबाबमा छन् ।

आइतबार साँझ बन्द सत्रलाई थाति राखेर नेताहरूले सहमतिका लागि प्रयास गरेका थिए तर आकांक्षीहरूका बीचमा सहमति हुन सकेन । सुदूरपश्चिम प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको लागि अकांक्षी देखिएका हुन् । रातोपाटीबाट

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि