होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • इजरायलमा अप्ठ्यारोमा परेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
देश/प्रदेश

इजरायलमा अप्ठ्यारोमा परेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग

  • नागरिक रैबार
इजरायलमा अप्ठ्यारोमा परेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् ।

घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपालीको मृत्यु भएकोमा दुखितरहेको उनले बताएका छन् ।उनले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

घटनामा घाइतेहरुको तत्काल उपचारको बन्दोबस्त गर्न माग गर्दै ओलीले भनेका छन्, ‘अप्ठ्यारोमा परेकाहरुलाई उद्धार तथा ज्यान गुमाउनेहरुको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि म नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।’

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार