नागरिक रैबार/बाजुरा २३ पुस। बाजुरा जिल्लामा कानुन विपरित संचालन हुँदै आएका ६ वटा सवारी साधानहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएर कारवाही गरेको छ ।
रातो नम्बर प्लेट राखेर कानुन विपरित बाजुराबाट हुम्लासम्म सञ्चालन हुँदै आएको थाहा पाएपछि ६ वटा सवारि साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
व्यक्तिगत प्रयोजनका लागि दर्ता गरी (रातो नंम्वर प्लेट) राखेर बाजुरादेखि हुम्ला सम्म सार्वजनिक सवारी साधनको रुपमा यात्रुहरु बोक्ने गरेको थाहा पाएपछि प्रहरीले बा २१ च ४३२, लु.अ.अ.म.६७२६, भे १ च ३८२०, से १ च १५१०, भे १ च २७९८ र बा १८ च ३९५९ नम्वरका सवारी साधानहरुलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएका सवारी साधानहरुलाई सार्वजनिक सवारी साधानको रुपमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी संचालन गर्न आवश्यक निर्देशनसहित ट्राफिक जरिभाना तिराएर छाडेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु