नागरिक रैबार/बाजुरा १४ मंसिर। विद्यार्थी नेता चेतन अयडीकाे हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ४ गते त्रिवेणी नगरपालिका ७ मा मतदान सम्पन्न पछि घरमा सुतिरहेका अयडीको विभत्स हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
घटनामा संलग्न रहेको भन्दै दुई जनालाई गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो भने मंगलबार हिजो साँझ थप थप २ जनालाई पक्राउ गरी अनुसंन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
चेतनको हत्यामा संलग्न रहेको भन्दै चेतनका बुवा गगन अयडीले २२ जनाकाे नाममा जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी गरेका छन । घटनामा संलग्न २२ मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजि भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु