होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अखिल नेपाल किसान महासंघले मनायो बाजुरामा धान दिवस
Breaking News

अखिल नेपाल किसान महासंघले मनायो बाजुरामा धान दिवस

  • नागरिक रैबार
अखिल नेपाल किसान महासंघले मनायो बाजुरामा धान दिवस

नागरिक रैबार/बाजुरा १५ असार। अखिल नेपाल किसान महासंघ बाजुराले किसानहरुको खेतमै पुगी रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ ।

धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमासहयोग भन्ने मुल नाराका साथ महासंघले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो ।

धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार विहान बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकको परिवारको खेतमा धान रोपाई गरेर दिवस मनाएको अखिल नेपाल किसान महासंघ बाजुराका अध्यक्ष प्रसाद खड्काले बताएका छन् ।

विज्ञापन

May be an image of 7 people, people sitting, people standing and outdoors

धान दिवसको अवसरमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले हलगोरु जोतेर र उपप्रमुख नन्दा कुमारी थापाले धान रोपेर धान दिवस कार्यक्रम मनाएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख अमर खड्काले भर्खरै सम्पन्न भएको ११ औं नगर सभाले बडीमालिका नगरपालिका भित्रका किसानहरुलाई लक्षित गरेर कार्यक्रम ल्याएको बताएका थिए । उनले खाद्यान्न बालीका रुपमा रहेको धान खेतीमा लागेका किसानहरुलाई स्थानीय सरकारले विषेश प्रोत्साहन गर्ने बताएका थिए ।

अखिल नेपाल किसान महासंघको आयोजनामा मनाईएको धान दिवसमा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, विशिष्ट अतिथिमा उपप्रमुख नन्दा कुमारी थापा, बडीमालिका नगरपालिकाका प्रवक्ता धर्मराज पाध्याय, बडीमालिका ९ का वडा अध्यक्ष सूर्य किरण विक रहेका थिए । त्यस्तै कार्यक्रममा प्रेस चाैतारीका केन्द्रिय सदस्य बसन्त विक, प्रेस चाैतारी बाजुराका उपाध्यक्ष मदन विक, द्वारीका प्राविका प्रधानाध्यापक अमर विक, शिक्षक संगठनका सदस्य धिरन विक, मालिका माविका शिक्षक नरबहादुर विक, अखिल नेपाल किसान महासंघ बाजुराका अध्यक्ष प्रसाद खड्का, सचिव पारु विक, युवा विद्यार्थी नेता गोपाल खड्का, लगायत कृषकहरुको सहभागिता रहेको थियो । दिवसकै अवसरमा रोपाईमा सहभागी कृषकहरुलाई दही चिउरा समेत खुवाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै