होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बाजुरामा ९५ प्रतिशत धान रोपाई सकियो
बडीमालिका

बाजुरामा ९५ प्रतिशत धान रोपाई सकियो

  • नागरिक रैबार
बाजुरामा ९५ प्रतिशत धान रोपाई सकियो

नागरिक रैबार/बाजुरा ११ साउन।बाजुरामा यस वर्ष साउन महिनाको पहिलो सातासम्म ९५ प्रतिशत धान रोपाई सकिएको छ ।कृषि ज्ञान केन्द्र बाजुराका अनुसार ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाई हुने गरेको छ ।

जसमध्ये अहिलेसम्म ६ हजार ५ सय ६४ हेक्टर क्षेत्रफलमा अर्थात ९५ प्रतिशत धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताएका छन् ।

बाजुरामा जेठ पहिलो साताबाट धान रोपाई सूरु भई साउन मसान्तको तेस्रो सातासम्म धान रोपाई हुने गरेको छ । जिल्लाका कतिपय ठाउँमा सिँचाई सुविधा भएका ठाउँमा समयमै धान रोपाई हुने गरेको छ भने कतिपय ठाउँमा आकाशे पानीको भरमा धान रोपाई हुने गरेको छ । बडीमालिका ७ को जिल्लीमा सिंचाई सुविधा नहुँदा वर्षेनी आकाशे पानीको भरमा धान रोपाई गर्ने गरेको स्थानीय प्रेम बहादुर विकले बताएका छन् ।

विज्ञापन

त्यस्तै वर्षातको समयमा पनि जिल्लाको पुर्वीउत्तरी क्षेत्रका स्थानीय तहमा प्रयाप्त पानी नपर्ने र सिंचित क्षेत्र नभएकोले स्वामीकार्तिकको वाइ, हिमाली गाउँपालिकाको केही भाग, जगन्नाथ गाउँपालिकाको केही क्षेत्रमा रोपाइ हुन अझै बाँकी रहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुरामा वर्षेनी जेठ महिनाको पहिलो साताबाट सिंचाई सुविधा भएका ठाउँमा धान रोपाई सूरु हुने गर्दछ । यस वर्ष जिल्लामा मनसुन सक्रिय भएकै कारण समयमै धान रोपाई गरिएको छ । सिँचाइ सुविधा भएका खेतहरुमा भने सय प्रतिशत रोपाइ सकिएको छ ।

जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकं रहेको छ । त्यस्तै कुल खेति गरिएको जमिन २६१६० हेक्टर छ । कुल खेती गरिएको क्षेत्रफलको २७.६३५ मा धान खेती गर्ने गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार