होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलित संघ राष्ट्रिय महाधिवेशन : १५१ सदस्यीय आयोजक समिति गठन
समाचार

दलित संघ राष्ट्रिय महाधिवेशन : १५१ सदस्यीय आयोजक समिति गठन

  • नागरिक रैबार
दलित संघ राष्ट्रिय महाधिवेशन : १५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघले पाँचौं राष्ट्रिय महाधिवेशनका लागि १५१ सदस्यीय आयोजक समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनबमोजिम आगामी चैत्र ७, ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशनका लागि शम्भु हजारा पासवानको संयोजकत्वमा १५१ सदस्यीय आयोजक समिति गठन भएको हो ।

संघले आफ्नो महाधिवेशनका बुटवलमा गर्ने भएको छ । आयोजक समितिमा केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू र सल्लाहकार समितिसमेत सम्मिलित आयोजक समिति गठन गरेको महासचिव दीपक सोनीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय महाधिवेशन सफल बनाउन विभिन्न १३ वटा विषयगत समितिहरू समेत गठन भएका छन् ।

त्यस्तै, संघले राष्ट्रिय महाधिवेशनअघि सात वटै प्रदेशको अधिवेशन समेत सम्पन्न गर्ने निर्णय गरेको छ । संघले फागुन २७ र २८ गते सातै प्रदेशको अधिवेशन गर्ने मिति तोकेको हो । प्रदेश अधिवेशन सम्बन्धित प्रदेशको केन्द्र वा आयोजक समितिले सम्बन्धित तहको पार्टी कार्यसमितिसँग परामर्श गरी स्थान तोकेर गर्न सकिने गरी निर्णय गरेको छ ।

विज्ञापन

त्यस्तै, संघले प्रदेश अधिवेशनका लागि संयोजक, सहसंयोजक र सोही प्रदेश भित्रका सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, नेपाली कांग्रेसबाट निर्वाचित दलित समुदयाका प्रदेश मन्त्री तथा सांसदहरू, पार्टीमा प्रदेशमा निर्वाचित दलित समुदायका पदाधिकारी तथा सदस्यहरू र प्रदेशभित्र पार्टीका तर्फबाट निर्वाचित दलित समुदायका मेयर तथा उपमेयरहरूलाई आयोजक समितिको सदस्य मनोनयन गरिएको छ ।

कांग्रेसले आफ्ना १३ भ्रातृ संस्थामध्ये महाधिवेशन गर्न नसकेका १० वटालाई भंग गरी नयाँ गठनको तयारीमा छ भने नेपाल दलित संघले महाधिवेशन गर्न लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार