होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा एसईई ग्रेडबृद्धि परिक्षामा १३ सय ५० बिद्यार्थी सहभागी हुने
Breaking News

बाजुरामा एसईई ग्रेडबृद्धि परिक्षामा १३ सय ५० बिद्यार्थी सहभागी हुने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा एसईई ग्रेडबृद्धि परिक्षामा १३ सय ५० बिद्यार्थी सहभागी हुने

नागरिक रैबार/बाजुरा ९ भदौ। बाजुरामा एसईई ग्रेड बृद्धि दिने बिद्यार्थी १३ सय ५० रहेका छन । देश भर हुने एसईई ग्रेड बृद्धि परिक्षामा बाजुरामा पाँच वटा परिक्षा केन्द्र तोकिएका छन । राष्ट्रिय परिक्षा बोर्ड अनुसार देश भर हुने सईई ग्रेड वृद्धि परीक्षा ११ र १२ गते सन्चालन हुने भएको छ ।

जिल्लाको ९ वाटा स्थानीय तहको परिक्षा केन्द्र जिल्लाको सदरमुकाम स्थीत मालिका नमुना परिक्षा केन्द्र ‘क’ ,मालिका नमुना माध्यामिक बिद्यालय परिक्षा केन्द ‘ख’ क्रेटर जोन एकेडेमी, बाजुरा क्याम्पस ,र बाल मन्दिर आधारभुत बिद्यालय गरि पाँच वटा परिक्षा केन्द्रबाट परिक्षा संचालन हुने जिल्ला शिक्षा समन्वय ईकाइ बाजुराले जनाएको छ ।
परिक्षा बोर्डले ‘डी’ प्लस र ‘डी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषय माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहेमा माध्यमिक शिक्षा उत्तीणर् परीक्षा समितिको निणर्य बमोजिम हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने व्यबस्था रहेको छ ।

यसलाई विगतमा पूरक (मौका) परीक्षा भनिन्थ्यो तर मौका परीक्षामा दुई विषयमा अनुत्तीणर् भएकाले मात्र भाग लिने गरेकोमा यस प्रणालीमा जुनसुकै विषयमा प्राप्ताङ्क बढाउन पाइने व्यबस्था गरेकाले ग्रेड बृद्धी भनिएको जिल्ला शिक्षा समन्वय इकाई बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै