पोखरा । कास्कीमा कुकुर मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ जोगीमणिका सुदीप परियार छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार परियारले कुकुरलाई घाँटीमा डोरीको पासो लगाएर मारेपछि सेती नदीमा फालेका थिए । उक्त भिडियो उनले समाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए ।
उनलाई जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु