होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पुष्पा-२ को कहानी रिलिज अगाडि नै लिक!
मनोरञ्जन

पुष्पा-२ को कहानी रिलिज अगाडि नै लिक!

  • नागरिक रैबार
पुष्पा-२ को कहानी रिलिज अगाडि नै लिक!

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनायो। फिल्मले हिन्दी बेल्टमा मात्र १ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा इतिहास रच्यो। ‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार बनायो।

यसको दोस्रो भाग यसै वर्षभित्र रिलिज गर्ने गरी निर्माण पक्षले तयारी गरेको छ। बलिउड प्रशंसकलाई ध्यानमा राखेर यसको स्कृप्ट केही परिवर्तन गर्ने निर्माण पक्षले बताइसकेको छ।

यसैबीच फिल्मको रिलिज अगावै कहानी लिक भएको छ। जसमा नायिका श्रीवल्लीको मृत्यु हुने बताइएको छ। त्यसयता सामाजिक सञ्जालमा यसबारे निकै चर्चा चलिरहेको छ। फिल्मका खलनायक फहाद फासिलले श्रीवल्लीलाई मार्नेछन्। तर यसको औपचारिक पुष्टि अहिलेसम्म नभएको बलिउड लाइफले जनाएको छ। एजेन्सी

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार