होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • सनकबहादुरको सनकमा विद्यालय खोल्दा ३ शिक्षक संक्रमित
शिक्षा

सनकबहादुरको सनकमा विद्यालय खोल्दा ३ शिक्षक संक्रमित

  • नागरिक रैबार
सनकबहादुरको सनकमा विद्यालय खोल्दा ३ शिक्षक संक्रमित

धनगढीः संघीय सरकार,शिक्षा मन्त्रालयको निर्णय रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर केसी उर्फ ‘सनकबहादुर’ले अटेर गरेर विद्यालय सञ्चालन गर्दै आएका छन्। गत पुस २६ गते शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्दको निर्देशन दिए पनि ‘सनकबहादुर’ को अटेरीले विद्यालय सञ्चालन हुँदा तीन जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ।

शुक्रबार भगवती आधारभूत विद्यालय गंगादेव गाउँपालिका–३, कुकुरगारेमा गरिएको एन्टिजेन परीक्षणमा तीन जना शिक्षकमा संक्रमण पुष्टि भएको हो। गाउँपालिकाभित्र कोरोना संक्रमण नदेखिएकाले विद्यालय सञ्चालन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले बताए। ‘शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्देशन गरे पनि हामीले बन्द गरेका थिएनौं’,बस्नेतले भने, ‘कार्यपालिका बैठक बस्दै छ,के निर्णय हुन्छ हेरौं’ गाउँपालिकाले शिक्षा क्षेत्रमा मनलाग्दी निर्णय गर्दै आएको स्थानीयले बताएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै