होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्माता शर्मिला पाण्डे एमाले प्रवेश गर्दै
समाचार

निर्माता शर्मिला पाण्डे एमाले प्रवेश गर्दै

  • नागरिक रैबार
निर्माता शर्मिला पाण्डे एमाले प्रवेश गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार राजनीतिमा आउनु स्वागतयोग्य रहेको बताएका छन् । फिल्म निर्मात्री शर्मिला पाण्डेलाई पार्टी प्रवेश गराउनेबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा ओलीले यस्तो बताएका हुन् ।

साथै उनले कलाकार राजनीति आउनु जरुरी भएको समेत बताएको ओलीलाई उद्धृत गर्दै पाण्डेले जनाइन् । पछिल्लो समय हलमा रिलिज भएको फिल्म ‘चिसो मान्छे’ र यसअघिको ‘आमा’बारे आफूले धेरै कुरा सुनेको बताउँदै अध्यक्ष ओलीले ती फिल्म हेर्ने इच्छा समेत व्यक्त गरे ।

ओलीसँगको भेटपछि अनलाइनखबरसँग कुरा गर्दै निर्मात्री पाण्डेले आगामी साता आफू एमाले प्रवेश गर्ने निधो भएको बताइन् । ‘अध्यक्षज्यूसँग पार्टी प्रवेशबारे छलफल भयो र आउने साता पार्टी पस्दैछु,’ उनले भनिन्, ‘फिल्म पनि बनाउने र चुनाव लड्ने मेरो योजना छ ।’

विज्ञापन

शर्मिलासँगै फिल्म निर्देशक तथा छोरा समेत रहेका सुरज पाण्डे पनि एमाले कार्यालय पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै