काठमाडौं । जनगायक जीवन शर्मालाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि केही दिनदेखि उनी होम आइसोलेसनमा बसिरहेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र अहिले होम आइसोलेसनमा आराम गरिरहेको शर्माले बताए ।
उनले भने, ‘शरीर दुख्ने, ज्वरो आउने, खोकी लाग्ने गरेको थियो । ३/४ दिन त निकै गाह्रो बनायो । अहिले सुधार भएको छ । फ्रेस महसुस गरेको छु ।’
फेसबुक प्रतिक्रियाहरु