होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बक्सअफिस : ‘ए मेरो हजुर ४’लाई २.४३ करोड, ‘केजीएफ’लाई ६ करोड
समाचार

बक्सअफिस : ‘ए मेरो हजुर ४’लाई २.४३ करोड, ‘केजीएफ’लाई ६ करोड

  • नागरिक रैबार
बक्सअफिस : ‘ए मेरो हजुर ४’लाई २.४३ करोड, ‘केजीएफ’लाई ६ करोड

काठमाडौं । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्‍यो । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान छ ।

‘कमाइलाई लिएर उत्साहित छौं’ वितरक गोविन्द शाहीले अनलाइनखबरसँग भने, ‘मोफसलमा दर्शकको मागको आधारमा अझै सोजहरू आजदेखि थपिने तयारीमा छन् ।’ ३ करोड लगानी बताइएको यो लभस्टोरी फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ले तीन दिनमा झन्डै ६ करोड ग्रस कलेक्सन गरेको छ । नेपाली फिल्म बजारमा सोज संख्या, सोज समय र फुटफलमा उछाल ल्याएको यश स्टारर कन्नड फिल्मले आगामी एक सातासम्म दबदबा कायमै राख्ने अनुमान छ ।

विज्ञापन

ह्यारी पोर्टर फिल्म ‘फ्यान्टास्टिक बिट्स : द सेक्रेट्स अफ डम्बलडोर’ नेपाली र भारतीय फिल्मको दबाबबीच प्रदर्शन भईरहेको छ । न्यून सोजको बाबजुद पनि फिल्मले पछिल्ला तीन दिनमा ८० प्रतिशत बराबरको अकुपेन्सी हासिल गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार