होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘कृष्ण लीला’ ले चितवनमा कन्सर्ट गर्दै
समाचार

‘कृष्ण लीला’ ले चितवनमा कन्सर्ट गर्दै

  • नागरिक रैबार
‘कृष्ण लीला’ ले चितवनमा कन्सर्ट गर्दै

काठमाडौँ- भगवान् श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अवसरमा ३ भदौदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ ।

‘कृष्ण लीला’ का कलाकारसहितको टिमले ३१ साउन अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि–कन्सर्ट गर्न लागेको निर्देशक दीपक ओलीले बताए ।

कन्सर्टमा ‘कृष्ण लीला’का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात अभिनेत्री श्रद्धा क्षेत्री,‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रबिन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर..’ का गायक रबि ओड र गायिका सुनीता कार्की, कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी, प्रस्तुतकर्ता रोहित कट्टेल, कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतले चितवनवासीलाई झुमाउने छन् ।

विज्ञापन

चितवनका दर्शकको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागेको र समय मिलेसम्म देशका अन्य शहरमा समेत कन्सर्ट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार