होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • प्रेमी बन्न लोक सेवा पास गरेजस्तो सजिलो छ र?
साहित्य

प्रेमी बन्न लोक सेवा पास गरेजस्तो सजिलो छ र?

  • नागरिक रैबार
प्रेमी बन्न लोक सेवा पास गरेजस्तो सजिलो छ र?

बहुवैकल्पिक उत्तर हेर्दा हेर्दै
कन्फ्युज भएको परीक्षार्थी
प्रेम गर्दा धोका दिँदा कति कन्फ्युज भएन
तिमी त वास्तवमा एक भ्रम हौ
वास्तविकता म आफै हुँ
र त आज पनि आफैसित छु
तिम्लाई त विकल्प छान्ने लाइसेन्स छ
तर मलाई विकल्प छान्ने मन नै छैन
पानीमा आगो बलेको देख्छु

संसारका कथानक चलचित्र मेरै लागि भएजस्तो
रचना गरिएका शब्दहरू मेरै लागि कोरेजस्तै
तिम्रो अभावमा
तिम्रा यादहरूका पट्यारलाग्दा पीडाहरू
तिमीसँग झरीमा सँगै रुझेका पलहरू
थर्थरिएका ओठहरूमा गरिएको गहिरो चुम्बन
यी सबै मेरो लागि केवल सम्झना मात्रै त हुन्
तिमीले स्पर्श गरेका चिजहरूले मलाई रुवाउँछ
तिमी औषधि बनेर आयौ
ड्रग्सजस्तै नसा बनेर गयौ

तिम्रो बहिर्गमनले मेरो मनको राज्यमा
अंकुश लाग्यो, म त्यो राज्यमा कहिल्यै
फर्किन सक्दिनँ
मलाई मेरो दिमागले मनको राज्यबाट
सत्ताच्युत गरिदियो
र त पल्लो गाउँको बतासे काकाजस्तै

विज्ञापन

डुलिरहन्छु
म दिनभर दिमाग डुलाउँछु
बतासे काका दिनभर गाउँ डुल्नुहुन्छ
तिमी लोक सेवाको विद्यार्थी
तिमीले उत्तम विकल्प छान्नु पर्छ
मौखिक परीक्षामा उत्तीर्णपश्चात
वैकल्पिक राखिएका परीक्षार्थीजस्तै
म तिम्रो त्यो स्थानमा बसिदिउँला।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार