नागरिक रैबार/बाजुरा ३१ बैशाख। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा १६ सय मत गणना गरिएको छ । १६ सय मत गन्दा काँग्रेसका अध्यक्ष भरत बहादुर रोकायाकाे अग्रता रहेकाे छ ।
अहिलेसम्म १ र २ नम्बर वडाको मतगणना कार्य भइरहेको छ । मतगणनाको सुरुवात देखिनै अग्रता जारी राखेका गाउँपालिका अध्यक्षका उम्मेदवार काँग्रेसका भरतबहादुर रोकायाले ७ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा काँग्रेसकी मैना जोशी ४४९, एमालेका चतुर्भुज शाही ३६१ उपाध्यक्ष सुलोचना भण्डारी ५१३ र नेकपा एसका चिरन्जीवि शाहीले ४५१ र मावोवादीका सुरेश रोकायाले ४३३ मत प्राप्त गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु