वर्षातको पानीमा भिज्न तथा खेल्न धेरैलाई रमाइलो लाग्दछ । पानीको अभावग्रस्त ग्रामीण तथा सहरी क्षेत्रमा वर्षातको पानी भाँडोमा भरेर सिधै पिउने पनि गरिन्छ र अन्य धेरै काममा उपयोग हुन्छ । वर्षात्को पानीलाई संकलन गरेर पछि सुख्खायाममा महिनौंसम्म पिउने गरिन्छ ।
तर वैज्ञानिकहरुले गरेको एक नयाँ अध्ययनले संसारभर कहीँ पनि वर्षातको पानी शुद्ध नरहेको निष्कर्ष निकालेको छ ।
मानवीय क्रियाकलापकै कारण उत्सर्जित विषाक्त रसायनकै कारण वर्षातको पानी पनि अशुद्ध बनेको हो । वर्षातको पानीमा नयाँ नयाँ हानिकारक रसायनहरु घुलेका हुन्छन् । जसलाई फरेभर केमिकल्स भनिन्छ ।
पहिले वर्षातको पानी शुद्ध हुने ठानिन्थ्यो । तर अब यस्तो रहेन । किनकी हामी मानवजातिले वायु, धर्ती, पानी यत्रतत्र प्रदुषण फैलाइरहेका छौं । वर्षातको पानी तथा पानीका अन्य स्रोतमा घुलेका हानिकारक रसायनलाई पर एण्ड पोली फ्लोरोअल्काइल सब्सटेन्स (पीएफएएस) अर्थात् फरेभर केमिकल्स भनिन्छ ।
यी रसायनहरु पर्यावरणमा टुक्रिँदैनन्, टाँसिदैनन् । यी रसायनमा स्ट्रेन अर्थात् दुर्गन्ध फैलाउने क्षमता हुन्छ । यी रसायनको प्रयोग प्याकेजिंग, इलेक्ट्रोनिक्स, कस्मेटिक्स तथा भान्साका भाँडाकुँडा सफा गर्न समेत गरिन्छ ।
यी रसायनको प्रयोगलाई लिएर संसारभर खास निर्देशिका छ । तर पछिल्लो २ दशकयता यस्ता रसायनको विषाक्ततालाई लिएर नयाँ निर्देशिका जारी गरिएको छैन । त्यसमा कुनै प्रकारको नयाँ तथा सकारात्मक परिवर्तन गरिएको छैन ।
युनिभर्सिटी अफ स्टकहोमका वैज्ञानिकहरुले गरेको अधययनले विश्वका अधिकांस क्षेत्रमा हुने वर्षातको पानी सुरक्षित नरहेको देखाएको छ । यहाँसम्म कि अन्टार्कटिकामा पनि वर्षातको पानी शुद्ध बँचेको छैन ।
उक्त विश्वविद्यालयको वातावरण विज्ञान विभागका प्राध्यापक तथा प्रमुख शोधकर्ता इयान कजिन्सका अनुसार पीएफएएस को निर्देशिकामा लगातार गिरावट आइरहेको छ । साथै विश्वभर यी रसायनको प्रयोग तथा विषाक्तता पनि बढ्दै गएको छ ।
इयानका अनुसार यी रसायनमा क्यान्सर पैदा गर्नसक्ने परफ्लोरो अक्टेनोइक एसिड पनि हुन्छ । अमेरिकामा यो रसायनका विषयमा गाइडलाइन्सको जुन स्तर थियो त्यसमा ३.७५ करोड गुणा गिरावट आएको छ । अमेरिकाले अहिले नयाँ निर्देशिका जारी गरेको छ, जसमा वर्षात्को पानी पनि पिउनका लागि असुरक्षित रहेको उल्लेख गरेको छ ।
फरेभर केमिकल्सले के असर गर्दछ ?
यदि शरीरमा यी रसायनहरुको मात्रा बढी भयो भने त्यसले प्रजनन क्षमता कम हुन्छ । साथै क्यान्सरको खतरा बढ्दछ । त्यसका साथै बच्चाको विकास पर्याप्त मात्रामा हुँदैन ।
तथापि कतिपय व्यक्तिहरु भ्ने यी रसायन र स्वास्थ्य सम्बन्धी समस्याको बीचमा कुनै दह्रिलो प्रमाण नभएको दाबी गर्दछन् ।
स्वीटजरल्याण्डको जुरिचस्थित फूड प्याकेजिङ फाउन्डेसनकी म्यानेजिङ डाइरेक्टर डाक्टर जेन मन्केका अनुसार विश्वका करोडौं मानिसहरुको पिउने पानी प्रदूषित गरेर कसैले मुनाफा कमाउने कुरा सम्भव छैन ।
हाल ठूलो परिमाणमा फरेभर केमिकल्सहरुको उत्सर्जन भैरहेको र त्यो खतरनाक रहेको हुँदा हामी स्वास्थ्य सम्बन्धी समस्याप्रति चनाखो हुनु आवश्यक छ । यस्ता रसायनको प्रयोगका सम्बन्धमा कडा कानून बन्नुपर्ने उनको धारणा छ ।
उनका अनुसार पिउने पानीमा यस्ता रसायनको मात्रा तीव्र गतिमा बढिरहेको छ । यो रसायन हावामा पनि घुल्दछ । यस्तोमा वर्षातको पानी समेत यसबाट प्रदूषित बनिरहेको छ ।
वैज्ञानिकहरुका अनुसार पिउने पानीका स्रोत तथा वर्षातको पानीलाई समेत विषाक्त हुनबाट रोक्नका लागि यी हानिकारक रसायनको उपयोग गर्ने सबै उद्योगहरुले त्यसको खपत कम गर्नुपर्दछ । साथै ती रसायनहरुको उत्पादनमा कमी ल्याउनुपर्दछ ।
एजेन्सीको सहयोगमा
फेसबुक प्रतिक्रियाहरु