काठमाडौं, २८ चैत्र । सर्वोच्च अदालतले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरेको रिट आज स्थगितको सुचीमा राखेको छ ।जनप्रतिनिधीको समयअवधि ५ वर्ष सम्म भएको र पुरै समय काम गर्न पाउनुपर्छ भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले सर्वोच्चमा दायर गरेको रिट सोमबारको पेसी सुचीबाट हटेको हो ।
चौरासियाले गत फागुन १३ गते उक्त रिट दर्ता गराएका थिए । सोमबार पेसी स्थगित भएपछि अब मुद्दाको पेसी कहिले हुन्छ त्यो बताइएको छैन् ।
फेसबुक प्रतिक्रियाहरु