होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई साइबर सर्कलले १ लाख दिने
समाचार

एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई साइबर सर्कलले १ लाख दिने

  • नागरिक रैबार
एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई साइबर सर्कलले १ लाख दिने

नेकपा एमालेनिकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ।स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ।

टिकटक भिडिओ प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ। सर्कलका प्रमुख मदन भण्डारीका अनुसार प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार पचास हजार र तृतीय पुरस्कार २५ हजार घोषणा गरिएको छ। भिडिओका लागि केही सर्तहरू पनि तोकिएका छन्। भिडिओ चैत २१ देखि २०७९ वैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने सर्त राखिएको छ।

यस्तै, भिडिओ व्यक्तिगत रूपमा सिर्जना गर्नुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने, भिडिओ दुई मिनेटको हुनुपर्नेलगायत सर्त राखिएको छ।साइबर सर्कलका कार्यालय सचिव परशु सुवेदीका अनुसार पार्टीको प्रचार-प्रसार र चुनावलक्षित कार्यक्रमअनुसार यो प्रतियोगिता आयोजना गरिएको हो।

विज्ञापन

‘अहिले प्रचार-प्रसारको सबैभन्दा सजिलो माध्यम टिकटकलगायत सामाजिक सञ्जाल नै हो,’ सुवेदीले भने, ‘प्रतियोगितामा खुला रूपमा राखिएको छ, तर एमालेभित्रकै कमरेडहरू आवद्ध हुनुहुन्छ भन्ने अपेक्षा छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै