होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेश १ को नाम कोसी राखे हुन्छ : ओली
समाचार

प्रदेश १ को नाम कोसी राखे हुन्छ : ओली

  • नागरिक रैबार
प्रदेश १ को नाम कोसी राखे हुन्छ : ओली

बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ किन राख्न नसकेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले यस प्रदेशका लागि ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको तर्क गरे ।

साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ । प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने उनले जिकिर गरे । शनिबार गृह जिल्ला झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले जातीय नामकरणले प्रदेशमा सबैको पहिचान र इतिहास नसमेटिने बताए ।

‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको । कोसी सभ्यताबाट उठेको । कोसीबाट सिञ्चित हाम्रा रगतमा कोसीको पानी छ । हाम्रा रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी, मकालुको पानी छ, ’ ओलीले भने,‘त्यहाँबाट रसाएको, सिञ्चित भएको । सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरु कोसी प्रदेश राख्न नसके– ओलीथर राख्नुपर्छ, गौतमथर राख्नुपर्छ । यो सभ्यता हो ?’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले थरका पछाडि सभ्यता र इतिहास भएपनि प्रदेश १ का लागि कोसी सभ्यताभन्दा अर्को कुनै सभ्यता र इतिहास पुरानो हुन नसक्ने दाबी गरे ।

विज्ञापन

ओलीले यसका लागि प्रेस चौतारी आबद्ध पत्रकारलाई वातावरण बनाउनेगरी कलम चलाउन आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि