६ देखि १४ वर्षका बालबालिकाको सहभागी रहने गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रसारणमा आउने तरखरमा रहेको छ । हालै ‘दभ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न गरेको हिमालय टिभीले बालबालिकाकै गायन प्रतिभा निखार्ने उदेश्यले उक्त शो सुरु गरेको हो ।
केही अगाडि बालबालिकाहरूको अडिसन सम्पन्न भएको शो को ‘ब्लाइन्ड अडिसन’ तयारी भइरहको छ । छिट्टै एक प्रेसमिट गरेर बुधबारबाट ‘ब्लाइन्ड अडिसन’ सुरु गर्ने योजना आफ्नो रहेको निर्देशक लक्ष्मण पौडेलले बताए । शो प्रशारण भने एक महिना पछिबाट हुने पौडेलको भनाई रहेको छ ।
यो शोका लागि पनि ४ कोच छानिएका छन् । जसमध्ये दुई राजु लामा र प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’ कोच हुन् भने अन्य दुई कोचको रुपमा गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारी भित्रिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु