नागरिक रैबार/बाजुरा १० असोज । नेपाली काँग्रेसको १४ औँ केन्द्रिय महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनमा पुर्वसन्ध्यामा नेपाली काँग्रेस बाजुराको त्रिवेणी नगरपालिकामा नगरसभापती लगाएत अन्य पदाधिकारीहरुको सहमती नभए प्रश्चात केही बेर अगाडी मतदान भई अहिले मत गणना सूरु भएको छ । जिल्ला त्रिवेणी नगरपालिकामा दोस्रो नगर अधिवेशनमा दुई जना विच सहमती नभएपछी मतदान भएको थियो ।
iजसमध्य त्रिवेणी नगरपालिकामा जम्मा १५३ मतदाता रहेका थिए भने ति मध्य १५२ मतदाताले मत खसालेको त्रिवेणी नगरपालिकाका निर्वाचन अधिकृत धर्म बहादुर साँउदले बताएका छन् । जिल्लाका पाँच पालिकामा सर्वसम्वत नेतृत्व चयन भएको छ भने तिन वटा पालिकामा अझै सहमती नभएको पाइएको पाइएको छ । नेपाली काँग्रेसको दोस्रो नगर अधिवेशनमा सभापती ,उपसभापती , सचिव सहसचिव र सदस्य विच प्रतिशप्रर्धा भई मतदान भएको.जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु