काठमाडौँ । सरकारले एकै पटक ४९ जना सह-सचिवको सरुवा गरेको छ । बिहीबार सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।
बुधबारको मन्त्रीस्तरीय निर्णयले ४९ जनाको सुरुवा गर्ने निर्णय गरेको थियाे, साेही निर्णय अनुसार आज (बिहीबार) एके पटक ४९ जनाकाे सुरूवा तथा पदस्थापन गरिएकाे हाे ।
हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ ।
फेसबुक प्रतिक्रियाहरु