नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले बुढीनन्दा नगर कमिटीको इन्चार्जमा राजन रोकायालाई जिम्मेवारी दिएको छ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको सदरमुकाम मार्तडीमा आइतबार बसेको पूर्ण बैठकले बुढीनन्दा नगरपालिका ४ का वडा अध्यक्ष समेत रहेका रोकायालाई नगर कमिटीको इन्चार्जको जिम्मेवारी दिईएको हो ।
एमाले जिल्ला कमिटीको पूर्ण बैठकले बुढीनन्दा नगर कमिटीको इन्चार्जमा आफुलाई जिम्मेवारी दिएको नेता रोकायाले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । बुढीनन्दा नगर कमिटीको ईन्चार्जमा जिम्मेवारी दिएपछि निरन्तर पार्टीलाई अगाडि बढाउन लागिरहने रोकायाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु