होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • गाउँपालिकाका कार्यालयबाट किसानले लुटे गहुँको बीउ
Breaking News

गाउँपालिकाका कार्यालयबाट किसानले लुटे गहुँको बीउ

  • नागरिक रैबार
गाउँपालिकाका कार्यालयबाट किसानले लुटे गहुँको बीउ

सिरहा औरही गाउँपालिकामा राखिएको गहुँको बीउ त्यहाँका किसानले लुटेर लगेका छन् । औरही गाउँपालिकाको अस्पताल परिसरमा रहेको एक घरमा वितरणका लागि राखिएको गहुँको बीउ किसानहरू लुटेर लगेका हुन् ।

बीउका लागि लाइनमा लागे पनि समयमा वितरण नगरेको, कसैलाई धेरै, कसैलाई थोरै मल दिएको, प्रहरीबाट दमन गर्न लगाएको आरोप लगाउँदै किसानहरुले बीउ लुटेर लगेको औरही गाउँपालिकाका जनमत पार्टीका नेता दीपेन्द्र यादवले बताए । किसानहरू बिहानैदेखि लाइन बसेका थिए, तर कर्मचारीहरुको अत्तोपत्तो थिएन, कार्यालय समय हुँदा पनि कर्मचारीहरु नआएपछि किसानले गहुँको बीउ लुटेर लगेको उनले बताए । गाउँपालिका कृषि शाखाका प्रमुख राजदेव यादवका अनुसार किसानले साढे तीन सय बोरा लुटेर लगेका छन् । एक बोरामा ४० केजी हुन्छ ।

११ बजेदेखि गहुँको बीउ वितरण गरिने भनेर किसानहरुलाई बोलाइएको थियो । वितरण स्थलमा सुरक्षाका लागि सशस्त्र प्रहरी आउन ढिला हुँदा किसानहरुले ताला तोडेर बीउ लुटेर लगेको प्रमुख यादवले बताए । उनले भने, ‘वितरणमा पाँच दश मिनेट ढिलो हुँदैमा यसरी गर्नु हुँदैनथ्यो, किसानलाई हामीले वितरण गरि नै रहेका थियौं ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार