पाँचथर — कांग्रेसको पाँचथर ‘प्रदेश सभा ख ’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छन् । आइतबार विहान सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार श्रेष्ठ प्रतिस्पर्धी नगेन लामालाई पराजित गर्दै सभापति पदमा विजयी भएकी हुन् ।
सो प्रदेशको उपसभापतिमा जितेन्द्र भण्डारी र तेजबहादुर चेम्जोङ, सहसचिवमा ज्योतीप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन् ।
श्रेष्ठ पाँचथर कांग्रेसको इतिहासमा क्षेत्रीय सभापति बन्ने पहिलो महिला हुन् । पाँचथर ‘प्रदेश क’को सभापति पदमा भने यसअघि नै भगिश्वर योङहाङ विजयी भइसकेका छन् ।
फेसबुक प्रतिक्रियाहरु