होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कोरोना संक्रमणको तेस्रो लहरको चर्चाले डर बढायो : प्रधानमन्त्री देउवा
राजनीति

कोरोना संक्रमणको तेस्रो लहरको चर्चाले डर बढायो : प्रधानमन्त्री देउवा

  • नागरिक रैबार
कोरोना संक्रमणको तेस्रो लहरको चर्चाले डर बढायो : प्रधानमन्त्री देउवा

६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताएका छन् । कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउने सक्ने विषयले सर्वसाधारणमा डर बढेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले कोभिडका पुराना असरबाट उठ्ने प्रयत्नमा छौं । तर नयाँ भेरियन्टको चर्चाले डर बढेको छ ।’

 

प्रधानमन्त्री देउवाले कोरोना प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने बताए । कोरोना महामारीलाई परास्त गर्न सबैजना एकजुट हुनुपर्ने भन्दै उनले निःशुल्क खोप दिन सरकारले सबै प्रयास गर्ने बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि