होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनावरण गर्न ठिक्क पारिएको शालिक अघिल्लो रात चोरी
समाचार

अनावरण गर्न ठिक्क पारिएको शालिक अघिल्लो रात चोरी

  • नागरिक रैबार
अनावरण गर्न ठिक्क पारिएको शालिक अघिल्लो रात चोरी

 मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक चोरी भएको छ ।

आइतबार जिल्लाको पुरानो सदमुकाम भीमफेदीमा कवि श्रेष्ठको शालिक (प्रतिमा) अनावरण गर्ने तयारी गरिएको थियो । तर शालिक शनिबार राति चोरी भएको इलाका प्रहरी कार्यालय भिमफेंदीले जनाएको छ ।

करिब पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको पित्तलबाट निर्मित शालिक प्रहरी कार्यालय भीमफेंदीबाट २ सय मिटर पश्चिम ज्योति पुस्तकालय परिसरमा आइतबार बिहान अनावरण गर्ने कार्यक्रम थियो । उक्त शालिक शनिबार साँझ नै सो स्थानमा राखेर कपडाले छोपिएको थियो ।

विज्ञापन

शालिक अनावरण गर्न प्रमुख अतिथिको रुपमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायतका अतिथि अघिल्लो दिन नै हेटौंडा आएका थिए । तर बिहान उठेर हेर्दा शालिक थिएन ।
त्यसपछि शालिक राख्ने स्तम्भमा उनको फोटो राखेर उनको स्मृतिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा परराष्ट्रविद् श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरका साहित्यकार र स्थानीयवासी सहभागी थिए । कार्यक्रममा बोल्नेहरूले शालिक चोर पत्ता लगाई कारबाहीको माग गरे ।

स्वर्गीय गणेशलाल श्रेष्ठ स्मृति शालिक प्रतिस्थापन समितिका संयोजक विष्णुगोपाल महर्जनले भने, ‘करिब ४० किलोको सालिक थियो, तर अघिल्लो दिन नै चोरी भयो ।’ शालिक गह्रुंगो भएकाले सजिलै टाढा लैजान सक्ने अवस्था नरहेको भन्दै उनले प्रहरीले तदारुकता देखाए फेला पर्न सक्ने बताए ।

शालिक प्रतिस्थापन समितिले हराएको शालिक खोजीका लागि प्रहरीलाई आग्रह गरेको छ । प्रहरीले भने शालिकको खोजीलाई अघि बढाएको जनाएको छ ।

काठमाडौंमा लक्ष्मण भुजेलले शालिक निर्माण गरेका थिए । समितिका अनुसार शालिक बनाउन काठमाडौंमै ३ लाख ५० हजार रुपैयाँ खर्च भएको थियो । मकवानपुर ल्याउँदा र शालिक राख्ने स्थान बनाउँदा थप रकम खर्च भएको थियो ।

शालिक राख्ने ठाउँबारे बहस

भीमफेंदी निवासी श्रेष्ठलाई ‘लोककवि’ पदवी लोकसाहित्य परिषद् र प्रज्ञा प्रतिष्ठानले दिएका थिए । वि.सं. १९६८ मा भीमफेंदीस्थित पारी बजारमा जन्मेका श्रेष्ठको २०४२ सालमा निधन भएको थियो ।

उनको शालिक पुस्तकालयमा परिसरमा राख्न नहुने मत केही स्थानीयको थियो । पुस्तकालय परिसरमा देवीदेवताको पूजा गरिन्छ, पूजा गर्न जाने ठाउँमा मृत्युवरण गरेका व्यक्तिको शालिक राख्ने/नराख्ने विषय छलफलको विषय नबनाउँदा समस्या भएको एकजना स्थानीयले बताए ।

अनलाइन खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै