होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • राष्ट्रिय आविष्कार केन्द्रलाई नाजिरको एक लाख सहयोग
मनोरञ्जन

राष्ट्रिय आविष्कार केन्द्रलाई नाजिरको एक लाख सहयोग

  • नागरिक रैबार
राष्ट्रिय आविष्कार केन्द्रलाई नाजिरको एक लाख सहयोग

नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ ।

‘नेपाली दाजुभाई–दिदीबहिनीहरुको जिवनरक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई छोइरहेको थियो । स्वास्थ्य स्थितिले गर्दा म आफू फिल्डमा गएर सहयोग गर्ने अवस्थामा छैन’ नाजिरले भने–‘त्यसैले मैले मेरो तर्फबाट जसरी सहयोग गर्न सक्थेँ, जति सक्थेँ मनदेखि त्यो सहयोग गरेको छु ।’ आफ्नो सहयोगले कसैको जीवन बचाउन मद्दत मिल्ने अपेक्षा लिएको नाजिरले बताए ।

उनले अहिलेको विषम परिस्थितिमा सबैले आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्ने बताए । सहयोग आर्थिकले मात्र नभई अन्य धेरै हिसाबले पनि गर्न सकिने नाजिरको तर्क छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार